शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पोल भाडा विवाद : कुलमानसँग छलफल गर्दै ऊर्जामन्त्री

images
बुधबार, असोज १३ २०७८
images
images
पोल भाडा विवाद : कुलमानसँग छलफल गर्दै ऊर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने गरी छलफलमार्फत अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। 

images
images

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पोल भाडाको विषयमा भइरहेको विवादमा व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने गरी छलफलमार्फत अघि बढ्ने बताएकी छिन्। 

images
images
images

बुधबार केबल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले व्यवसायीको मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएकी हुन्। उनले बुधबार नै विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताएकी छिन्। 

images

मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेरेको बताइन्। उनले पेशागत जीवनमा परेका समस्या र चुनौतीहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा व्यवसायीहरुको मागको हल निकाल्ने बताइन्। 

images
images

‘केबल टेलिभिजन व्यवसायीले गाउँ-गाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रबाट दिएका छन्। म त्यसको सम्मान गर्छु। राज्यको आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरु पनि हुनुहुन्छ, सँगै विज्ञान प्रविधिले सबैका हातमा मोबाइलमार्फत संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने भन्नेमा चुनौतीहरु छन्’ उनले भनेकी छिन्, ‘यसलाई नियमन र नियन्त्रणका कुरामा निजी क्षेत्रको व्यवसाय र पेशामै प्रभाव पार्ने भएकोले यहाँहरुका पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, संवादद्वार हल निकालिनेछ।’ 

images
images

कुलमानको दम्भले मारमा पर्‍यौँ - व्यवसायी

सरकारको नीतिका कारण व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केबल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। 

व्यवसायीहरुले व्यवसायी मैत्री र उपभोक्ता मैत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको आरोप लगाए। उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको गुनासो गरे। 

राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको उनीहरुको आरोप छ। विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य आफूहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रसारण नहुने उनीहरुले चेतावनी दिए। 

कार्यक्रममा केही व्यवसायीहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सफल र कुशल प्रशासक भए पनि उनमा दम्भ बढेको र उनले आफ्नो दम्भका कारण केबल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको आरोप लगाए। 

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेर सूचनाको हक खोस्न लागेको भन्दै केबल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन्। केबल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित छन्।

प्राधिकरणले पहिले वार्षिक प्रतिपोल २ सय रुपैयाँ भाडा लिँदै आएकोमा अहिले प्रतिकिलोमिटरका दरले भाडा निर्धारण गरेको छ। यसबाट पहिले २ सय रुपैयाँ रहेकामा अहिले बढेर ७५० रुपैयाँ पुगेको सेवाप्रदायकहरूले बताउँदै आएका छन्। 

पोल भाडाको विषयमा इन्टरनेट सेवा प्रदायकहरुले पनि सरकारको विरोध गर्दै आइरहेका छन्। उनीहरुले पोलको भाडा बढाएर तिर्नुपर्ने भए आफूहरुले इन्टरनेटको मूल्य बढाउने बताउँदै आइरहेका छन्। 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने प्राधिकरणले नयाँ भाडादर निर्धारण गरेको तर भाडा नबढाएको बताउँदै आएका छन्। 


प्रकाशित : बुधबार, असोज १३ २०७८०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend