मंगलबार, जेठ ८ गते २०८१    
images
images

कुलमान भन्छन्- इन्टरनेटको मूल्य अझै घट्नुपर्छ 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
images
images
कुलमान भन्छन्- इन्टरनेटको मूल्य अझै घट्नुपर्छ 

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले नयाँ भाडादर निर्धारण गरिएको तर नबढाइएको बताए। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा दूरसञ्चार सेवाको मूल्य अझै घट्नुपर्ने बताएका छन्। 

images
images
images

प्राधिकरणले पोलको भाडा बढाएका कारणले गर्दा इन्टरनेटको मूल्य बढाउने सेवाप्रदायकहरूले चेतावनी दिइरहेका बेला घिसिङले यस्तो धारणा राखेका हुन्। 

images

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले नयाँ भाडादर निर्धारण गरिएको तर नबढाइएको बताए। 

images
images

'हाम्रो प्रसारण लाइनमा हुने ओपीजीडब्लु केबल भाडामा लिएर दूरसञ्चार सेवाप्रदायकहरूले सेवा दिइरहेका छन्। तर त्यसको कुनै भाडादर थिएन। वर्षमा यति उति लिने भन्ने थियो। त्यसको कुनै मापदण्ड थिएन। यस्तो अवस्थामा हामीले स्पष्ट मापदण्डसहितको भाडादर निर्धारण गरेका हौँ' उनले भने। 

images
images

प्राधिकरणले पहिले वार्षिक प्रतिपोल २ सय रुपैयाँ भाडा लिंदै आएकोमा अहिले प्रतिकिलोमिटरका दरले भाडा निर्धारण गरेको छ। यसबाट पहिले २ सय रुपैयाँ रहेकामा अहिले बढेर ७५० रुपैयाँ पुगेको सेवाप्रदायकहरूले बताउँदै आएका छन्। 

घिसिङले भने प्राधिकरणले देशभर प्रसारण लाइन विस्तार गरेको र ९५ प्रतिशत नागरिकको घरसम्म पोल पुर्‍याएकाले सेवाप्रदायकका लागि बजार विस्तार भएकाले सेवाशुल्क अझ घट्नुपर्ने उनको भनाइ छ। 

'हामीले यत्रो पूर्वाधार बनाइदिएका छौं। अझै विस्तार पनि गरेका छौं। यसले ग्राहक बढेका छन्। यसबाट त शुल्क अझ घट्नुपर्ने हो। दूरसञ्चार क्षेत्रले वर्षमै करिब २ खर्बको राजस्व नागरिकबाट उठाउँछ। अझै यो सेवा सस्तो हुनुपर्ने देखिन्छ' उनले भने। 

प्राधिकरणले अहिले वर्षभरमा यस्तो भाडाबाट २५/३० करोड रुपैयाँमात्र उठाइरहेको र नयाँ भाडादरबाट बढीमा ५० करोड पुग्ने अनुमान गरेको छ। 'हामीले ५० लाख घरेलु ग्राहकबाट वर्षमा ३० अर्ब राजस्व उठाउँछौं। अरुबाट ४० अर्ब उठाउँछौं। यस्तोमा हामीले पैसा कमाउनका लागि दर बढाएका होइनौँ' घिसिङले भने। 

पैसा कमाउनका लागि नभइ सहरी क्षेत्रमा तार व्यवस्थापनका लागि भएपनि भाडा बढाउनैपर्ने बाध्यता भएको उनको भनाइ छ। कुनै पनि पोलमा प्रत्येक सेवाप्रदायकले छुट्टै तार तान्ने प्रवृत्तिले सहर कुरूप हुँदै गएकाले भाडा बढाएपछि एउटै केबलबाट सबैले सेयर गर्ने दबाब हुने उनको भनाइ छ। 

'एउटा गुणस्तरीय केबलबाट धेरै सेवाप्रदायकले सेयर गरेर सेवा दिनसक्ने विकल्प भएपनि सबैले तार तान्ने प्रवृत्ति छ। भाडा बढेपछि सेवाप्रदायकहरु सेयरिङ मोडालिटीमा जानसक्छन् र जानु पर्छ' उनले भने' तर विकल्प भएर पनि शुल्क बढाउने चेतावनी भने उत्तम होइन।' 

नयाँ भाडादरका बारेमा प्राधिकरण सबैसँग छलफल गर्न तयार रहेको उनले बताए। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend