सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बजेटमा कृषिलाई प्राथमिकतामा राखेको सुनियो, तर त्यो निबन्धमात्र रहेछ : हृदयश त्रिपाठी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
बजेटमा कृषिलाई प्राथमिकतामा राखेको सुनियो, तर त्यो निबन्धमात्र रहेछ : हृदयश त्रिपाठी

सांसद त्रिपाठीले प्रहरीका घुमुवाले गाउँ गाउँमा विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे।

काठमाडौं- बजेटमा कृषिलाई प्राथमिकतामा राखेको भनिए पनि त्यो एउटा निबन्धजस्तो मात्र भएको र वास्तविक रूपमा किसानले फाइदा लिने अवस्था नभएको सांसद हृदयश त्रिपाठीले बताएका छन्। 

बिहीबार संसदमा भएको छलफलमा विषेष समय लिएर सांसद त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए। उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए। 

सांसद त्रिपाठीले प्रहरीका घुमुवाले गाउँ गाउँमा विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे। 'मल अभावले गर्दा किसानहरूमा हाहाकार छ। सीमावर्ती किसानले भारतबाट ल्याउने मल भारतीय पुलिसको प्रताडना सहेर यता फेरि नेपाली प्रहरीको प्रताडना सहनु परिरहेको छ। प्रहरीले विचौलियालाई सहयोग गर्नेगरी काम गर्नु भएन' उनले भने। 

बजेटमा कृषि : अंकको ‘ग्ल्यामर’ मात्र  बजेटमा कृषि : अंकको ‘ग्ल्यामर’ मात्र 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend