सोमबार, जेठ २२ गते २०८०

बजेटमा कृषिलाई प्राथमिकतामा राखेको सुनियो, तर त्यो निबन्धमात्र रहेछ : हृदयश त्रिपाठी

images
images
विजनेस न्युज
बजेटमा कृषिलाई प्राथमिकतामा राखेको सुनियो, तर त्यो निबन्धमात्र रहेछ : हृदयश त्रिपाठी

सांसद त्रिपाठीले प्रहरीका घुमुवाले गाउँ गाउँमा विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे।

images
images
images

काठमाडौं- बजेटमा कृषिलाई प्राथमिकतामा राखेको भनिए पनि त्यो एउटा निबन्धजस्तो मात्र भएको र वास्तविक रूपमा किसानले फाइदा लिने अवस्था नभएको सांसद हृदयश त्रिपाठीले बताएका छन्। 

images
images
images

बिहीबार संसदमा भएको छलफलमा विषेष समय लिएर सांसद त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए। उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए। 

सांसद त्रिपाठीले प्रहरीका घुमुवाले गाउँ गाउँमा विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे। 'मल अभावले गर्दा किसानहरूमा हाहाकार छ। सीमावर्ती किसानले भारतबाट ल्याउने मल भारतीय पुलिसको प्रताडना सहेर यता फेरि नेपाली प्रहरीको प्रताडना सहनु परिरहेको छ। प्रहरीले विचौलियालाई सहयोग गर्नेगरी काम गर्नु भएन' उनले भने। 

images

बजेटमा कृषि : अंकको ‘ग्ल्यामर’ मात्र  बजेटमा कृषि : अंकको ‘ग्ल्यामर’ मात्र 

images

प्रकाशित : बिहीबार , जेठ २६ २०७९१२:३१
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ