आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपाललाई पेट्रोलियम पदार्थमुक्त देश बनाउन लागौँ : गगन थापा

शुक्रबार, जेठ २० २०७९
नेपाललाई पेट्रोलियम पदार्थमुक्त देश बनाउन लागौँ : गगन थापा

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले लगातार पेट्रोलियम पदार्थको मूल्य बढेर अन्यत्रसमेत मूल्यवृद्धि हुँदा जनता मारमा परिरहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। त्यसमा सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पेट्रोलियम पदार्थमुक्त देश बनाउने लक्ष्य लिएर काम सुरु गर्नुपर्ने बताएका छन्।

संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले आजकै मितिबाट नेपाललाई पेट्रोल डिजेल र एलपीजी ग्यासमुक्त देश बनाउन लागिपर्नुपर्ने बताए। ' १० वर्षभित्रमा सक्छौँ भन्ने लक्ष्यमा काम गर्नुपर्छ, होइन भने यता १० रुपैयाँ घटाएर अर्कोतिरबाट १० रुपैयाँ मिलाउन पर्नेगरी घटबढ गरेर मात्र हुँदैन। केहीक्षणको राहतले मात्र हुँदैन, त्यसैले पेट्रोलियम पदार्थमुक्त देश बनाउनेगरी सोच्नैपर्छ' उनले भने।

'युद्धको समयको जस्तो सोच राखेर काम गर्नुपर्ने छ। यसका लागि म प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु। पेट्रोलियम पदार्थको बहुआयामिक प्रभाव छ। यसमा तत्कालका लागि केकसरी हुन्छ मूल्य घटाएर राहत दिनै पर्छ। तत्कालीन राहतका लागि मूल्य घटाएर राहत दिँदै दीर्घकालमा पेट्रोलियम पदार्थरहित देश बनाउन लागिपर्नुपर्छ' उनले भने। 

पेट्रोलियम ऐनको आवश्यकता रहेको भन्दै उनले भने- 'पेट्रोलियम ऐन बनाएर जाने हो भने त्यसले हामीलाई बाटो देखाउँछ।' 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले लगातार पेट्रोलियम पदार्थको मूल्य बढेर अन्यत्रसमेत मूल्यवृद्धि हुँदा जनता मारमा परिरहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। त्यसमा सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। 

'सरकारले जनताको ढाड सेकिरहेको छ' 'सरकारले जनताको ढाड सेकिरहेको छ'

प्रकाशित : शुक्रबार, जेठ २० २०७९०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend