शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एनआरएनका तीन पुस्तालाई दोहोरो नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

बुधबार, जेठ ४ २०७९
एनआरएनका तीन पुस्तालाई दोहोरो नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

नेपालमा गैरआवासीय नेपालीहरूलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्ने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए।

काठमाडौं- गैरआवासीय नेपालीहरूको तीन पुस्तासम्मलाई दोहोरो नागरिकता दिनुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

प्रतिनिधिसभामा बुधबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा उनले एनआरएनएहरूको तीन पुस्तासम्मलाई दोहोरो नागरिकता दिनुपर्ने पनि बताएका हुन्।

नेपालमा गैरआवासीय नेपालीहरूलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्ने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए।

'विश्वमा हेर्ने हो भने एनआरएनले लगानी गरेर मात्रै देशमा औद्योगिक क्रान्ति सफल भएको छ। नेपालमा पनि उनीहरुलाई लगानी गर्न प्रोत्साहन गर्नु पर्छ' उनले भने, 'यसले नेपालबाट उनीहरूले सम्पति बेचेर लैजाँदैनन्। बरु नेपालमै लगानी गर्छन्। यसबाट नै नेपालमा औद्योगिक क्रान्ती सफल हुन्छ।'

'दोहोरो अंकको आर्थिक वृद्धिदर दुई दशक' आजको आवश्यकता हो : बाबुराम भट्टराई 'दोहोरो अंकको आर्थिक वृद्धिदर दुई दशक' आजको आवश्यकता हो : बाबुराम भट्टराई


प्रकाशित : बुधबार, जेठ ४ २०७९१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend