शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'दोहोरो अंकको आर्थिक वृद्धिदर दुई दशक' आजको आवश्यकता हो : बाबुराम भट्टराई

बुधबार, जेठ ४ २०७९
'दोहोरो अंकको आर्थिक वृद्धिदर दुई दशक' आजको आवश्यकता हो : बाबुराम भट्टराई

काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/०८० बजेट अधिवेसन सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटका सिद्धान्त र  प्राथमिकता संसदमा पेस गरिसकेका छन्।

प्रतिनिधिसभामा बुधबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ।

छलफलकै क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दोहोरो अंकको आर्थिक वृद्धि दुई दशक भन्ने नारासहित अगाडि बढ्नुपर्ने सुझाव सरकारलाई दिएका छन्।

भट्टराईले संसदमा राखेको धारणा-

जनताले आर्थिक क्रान्त्री चाहेका छन्। आर्थिक क्रान्ती र विकास विषय घर घरमा बोलिने शब्द भएको छ। तर काम किन भएको छैन्न? देश विकासको नीति के हुने अहिले यो विषयमा कुरा उठिरहेको छ। उदाहरणका लागि ४० वर्षअगाडि ३ सय डलर भएको देशको प्रतिव्यक्ति आय १२ हजार डलर पुगिसकेको छ। तर हाम्रोमा बल्ल बल्ल १२ सयको हराहारीम पुगेको छ। 

अर्को विषय गरिबी र रोजगारी अभावको समस्या बढ्दो छ। तर नेपालसँगै रहेका देशले आर्थिक क्रान्ती गरेर कहाँ पुगिसकेका छन्, हामी त पिँधको पिँधमै रहेका छौँ। त्यस्तो अवस्थामा मैले अर्थमन्त्रीबाट साहसिक नयाँ केही कदम चालिएला भन्ने सोचेको थिएँ। तर केही साहसिक काम हुने अवस्था म देख्दिनँ। समाजवाद उन्मुख कुरा गरिएको छ। यो नै सही छैनन्। 

पुँजीवाद विकास भएपछि मात्रै समाजवादमा जाने हो। अहिलेको समस्या त नेपालमा पुँजीवादको विकास नै हो। अहिले नै हामीले समाजवाद भनेका हैनौँ।  कसैले घमण्ड नगरौँ, संरचनागत समस्या समाधान गर्न सकेका छैनौँ।

तर देशमा धन कसरी प्राप्त गर्ने यो कुरा सबैभन्दा ठूलो हो। अहिले पनि हामी निर्वाहमुखी कृषिमा नै छौँ। आर्थिक वृद्धिदर पनि औसत ४ प्रतिशतमात्रै छ। हाम्रो परनिर्भरता बढेको छ। प्राथमिक वस्तु निर्यात गर्ने निर्मित वस्तु आयात गरेको छौँ। यो नै गलत हो। यो हुँदासम्म हामी विकसित राष्ट्रको सूचिमा पुग्न सक्दैनौँ। 

कृषिमुखी अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा लैजान सक्नु पर्छ। अहिले पनि काल्पनिक समाजवादको कुरा गरेर हुँदैन। श्रम र उत्पादन नै बढानउने हो। अनि मात्रै समाजवाद हुने हो। पहिले उत्पादकत्व र उत्पादन बढाउनु पर्छ।

राष्ट्रिय औद्योगिक पुँजीको विकास नै अहिलेको आवश्यकता हो। अहिले न्यूनतम गरिबीको रेखामुनी रहेकाका लागि सामाजिक सुरक्षा दिने हो। अनि मात्रै अरूतिर सामाजिक सुरक्षा बढाउने हो। संरचनामा समस्या छ भने टालटालु गरेर हुँदैन। क्रान्तिकारी ढंगबाट नै सोच्नु पर्छ।


प्रकाशित : बुधबार, जेठ ४ २०७९०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend