बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

माधव नेपालको सिफारिसमा गैरसांसद गोविन्द बन्दीलाई कानूनमन्त्री

बिहीबार , चैत २४ २०७८
माधव नेपालको सिफारिसमा गैरसांसद गोविन्द बन्दीलाई कानूनमन्त्री

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन्। 

सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालको सिफारिसमा देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। 

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैरसांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ। यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ। अन्यथा मन्त्री पद स्वत: खारेज हुन्छ।

अधिवक्ता रहेका गोविन्द बन्दी समाजवादीका अध्यक्ष नेपालसँग नजिक रहेका छन्।  देउवा नेतृत्वमा सरकार गठनका लागि माधव नेपाल निकट रहेर उनले कानूनी सल्लाह दिएको बताइन्छ। 

यसअघि दिलेन्द्रप्रसाद बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए। मन्त्री बडुले अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन्।

६ महिनापछि उद्योग मन्त्रालयले पाउने भयो मन्त्री ६ महिनापछि उद्योग मन्त्रालयले पाउने भयो मन्त्री


प्रकाशित : बिहीबार , चैत २४ २०७८०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend