बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

६ महिनापछि उद्योग मन्त्रालयले पाउने भयो मन्त्री

बिहीबार , चैत २४ २०७८
६ महिनापछि उद्योग मन्त्रालयले पाउने भयो मन्त्री

रिक्त रहेका ६ महिनापछि शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका हुन्।

काठमाडौं- असोज २४ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएसँगै खाली रहेको उद्योग मन्त्रालयले मन्त्री पाउने भएको छ।

रिक्त रहेका ६ महिनापछि शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका हुन्। बडू हालसम्म कानून मन्त्री थिए। 

मन्त्रायल फेरिएसँगै बडूले उद्याेग मन्त्रायलको जिम्मेवारी सम्हालिसकेका छन्। यसअघि बडूले सम्हालेको कानून मन्त्रालयको जिम्म‍ेवारी भने गैरसांसद गोविन्द बन्दीलाई दिइएको छ। 

माधव नेपालको सिफारिसमा गैरसांसद गोविन्द बन्दीलाई कानूनमन्त्री माधव नेपालको सिफारिसमा गैरसांसद गोविन्द बन्दीलाई कानूनमन्त्री


प्रकाशित : बिहीबार , चैत २४ २०७८०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend