बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका : शिवपुरी हाइकिङदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणसम्म

शुक्रबार, चैत ११ २०७८
यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका : शिवपुरी हाइकिङदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणसम्म

शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटार शिष्टाचार भेट हुनेछ। 

काठमाडौं- चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी शुक्रबार दिउँसो ३ बजे नेपाल आइपुग्ने भएका छन्। विदेशमन्त्री यीसहितको उच्चस्तरीय भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेल द्वारिकाज जानेछन्। 

शनिबार बिहान साढे ६ बजे विदेशमन्त्री यी शिवपुरी हाइकिङ जानेछन्। जसमा उनी हिँड्ने बाटोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिने छ। 

शनिबार नै परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा यीको भेटघाटको कार्यक्रम रहेको छ। जसमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिलेको भ्रमणमा कुनै पनि परियोजनामा भने सम्झौता हुने छैन। 

शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटार शिष्टाचार भेट हुनेछ। 

प्रधानमन्त्री देउवा र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको छ। 

आइतबार बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न यी शीतल निवास जानेछन्।

राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ। त्यसपछि केहीसमयको विश्राम लिएर उनी स्वदेश फर्कनेछन्। 

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा कुनै परियोजनामा सम्झौता नहुने, परियाेजनाकाे सूची भने माग्दै चिनियाँ विदेशमन्त्रीको भ्रमणमा कुनै परियोजनामा सम्झौता नहुने, परियाेजनाकाे सूची भने माग्दै


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend