शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कृषि क्षेत्रको वृद्धिदर दशककै न्यून

मंगलबार, वैशाख १५ २०८३
कृषि क्षेत्रको वृद्धिदर दशककै न्यून

मौसमी तथा अन्य कारणले चालु वर्षमा धानको उत्पादन प्रभावित हुँदा वृद्धिदर घटेको तथ्यांक कार्यालयले जानकारी दिएको छ।

काठमाडौं- कृषि क्षेत्रको वृद्धिदर दशककै न्यून भएको छ। चालु आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। यो दशककै न्यून हो।

यसअघि २०७२/७३ मा ऋणात्मक अर्थात् -०.०८ प्रतिशत भएको थियो। त्यसपछि निरन्तर मध्यम वृद्धिदर भएको थियो। कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत हिस्सा ओगट्ने कृषिको वृद्धिदर संकुचित हुँदा समग्र विस्तार प्रभावित भएको छ।

मौसमी तथा अन्य कारणले चालु वर्षमा धानको उत्पादन प्रभावित हुँदा वृद्धिदर घटेको तथ्यांक कार्यालयले जानकारी दिएको छ।

यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend