आइतबार, असोज ६ गते २०८१    
images
images

ओम्नीसँग २५ करोडमा किनेको मेसिन प्रयोगमा नआएको विषयमा अख्तियारले सोध्यो निर्वाचन आयोगलाई स्पष्टीकरण

images
सोमबार, फागुन ३० २०७८
images
images
ओम्नीसँग २५ करोडमा किनेको मेसिन प्रयोगमा नआएको विषयमा अख्तियारले सोध्यो निर्वाचन आयोगलाई स्पष्टीकरण

मेसिनको मूल्य २१ करोड ८३ लाख ४० हजार रहे पनि करसहित मेसिन खरिदमा साढे २५ करोड खर्च भएको थियो। तर उक्त तीनवटै मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन।

images
images

काठमाडौं- निर्वाचन आयोगले २०७४ साउनमा ओम्नीसँग खरिद गरेको मतदाता परिचयपत्र, निर्वाचन शिक्षण साम्रगी लगायतका कार्ड छपाइका लागि भन्दै खरिद भएको मेसिनको विषयमा स्पष्टीकरण सोधेको छ।

images
images
images

निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेसिन प्रयोगको विषयमा विवरण मागेको बताए। ‘मेसिन खरिदसँगै प्रयोगको विषयमा विवरण मागिएको छ,’ सचिव दुवाडीले भने, ‘हामीले मेसिन प्रयोग गर्ने विषयमा भएको प्रयाससँगै अब गर्नसक्ने विषयमा जवाफ दिएका छौँ।’

आयोगले २०७४ साउनमा ओम्नीसँग बिनाप्रतिस्पर्धा तीनवटा मेसिन खरिद गरेको थियो। २०७४ सालको बैशाख ३१ गते पहिलो चरणको र जेठमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले बिनाप्रस्तिस्पर्धा खरिद गरेका तीनवटा मेसिन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।आयोगले २०७४ साउनमा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम (श्याम स्वेत प्रिन्टरण) २ थानसमेत २४ करोड ५३ लाख ९ हजारमा मेसिन खरिद गरेको थियो।

मेसिनको मूल्य २१ करोड ८३ लाख ४० हजार रहे पनि करसहित मेसिन खरिदमा साढे २५ करोड खर्च भएको थियो। तर उक्त तीनवटै मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन। मेसिन खिया लागेर बसेको अवस्था छ। निर्वाचन आयोगले मतदाता परिचय पत्र, मतपत्र, मतदाता परीक्षणका लागि चाहिने कागज पत्र छपाइ तथा प्रिन्टका लागि भन्दै उक्त मेसिन खरिद गरेको थियो। तर उक्त मेसिन स्थानीय तहको निर्वाचन २०७४ को तेस्रो चरण, केन्द्रीय निर्वाचन तथा त्यसपछि भएको निर्वाचनमा समेत प्रयोगमा ल्याउन नसकेको निर्वाचन आयोगका भनाइ छ।

images

आयोगले स्थानीय निर्वाचन २०७४ को पहिलो चरण र दोस्रो चरणमा भएको निर्वाचनका लागि मतदाता परीचय पत्र छपाइको जिम्मा ओम्नीलाई दिएको थियो।

आयोगले ओम्नीलाई मतदाता परिचय पत्र छपाइका लागि प्रतिथान ९ रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता गरेको थियो। तर ओम्नीले निर्वाचन आयोगले भनेको सर्तभन्दा कमसल खालको मतदाता परिचप पत्र छापेर दिएको थियो। तर कमसल मतदाता परिचयपत्र छपाइ गरेकै कम्पनीको थोत्रो मेसिन नै निर्वाचन आयोगले खरिद गर्ने निर्णय गरेको थियो।

तत्कालीन निर्वाचन आयुक्तहरू अयोधीप्रसाद यादव र ईला शर्मासँगको विशेष सम्बन्धका आधारमा ओम्नीले निर्वाचन आयोगबाट कार्ड छपाइको काम लिएको थियो। सोही सम्बन्धका आधारमा उनीहरूले बिनाप्रतिस्पर्धामा नै ओम्नीसँग साउनमा हाइ स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १० करोड ५५ लाख ४० हजारमा १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम ११ करोड २८ लाख मूल्यको २ थानसमेत २१ करोड ८३ लाख ४० हजारमा मिसन खरिद गरेको थिए। तर यो मेसिन अहिले पनि प्रयोग नआउने भएको हो।

योसँगै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० कालागि आवश्यक निर्वाचन सामग्री सरकारी छपाइको काम गर्ने तथा निजी क्षेत्रबाट गर्ने निर्णय आयोगले निर्णय गरेको छ। मतदाता परिचय पत्र लगायत निर्वाचन शिक्षण सामग्री र कार्ड छपाइका लागि निजी क्षेत्रबाट कम्पनी सूचीकृत  गर्ने तयारी गरेको छ।

यो पनि -

ओम्नीले निर्वाचन आयोगलाई भिडाएको साढे २५ करोडका ३ थान मेसिन ४ वर्षदेखि अलपत्र, छपाइक‍‍ो काम निजी कम्पनीबाट गर्ने तयारी

करोडौँ खर्चेर निर्वाचन सामग्री छापिँदै

२५ करोडमा किनेको मेसिन थन्क्याएर मतदाता परिचयपत्र छाप्न साढे ४ करोडभन्दा बढी खर्च गर्दै

निर्वाचन सामग्री छपाइका लागि छापाखाना खोज्दै निर्वाचन आयोग

 


प्रकाशित : सोमबार, फागुन ३० २०७८०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend