आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

गभर्नर नियुक्ति चाँडो टुंग्याउन देउवाको जोड, प्रधानमन्त्री ओलीले मागे बिहीबारसम्मको समय

images
सोमबार, वैशाख २२ २०८२
images
गभर्नर नियुक्ति चाँडो टुंग्याउन देउवाको जोड, प्रधानमन्त्री ओलीले मागे बिहीबारसम्मको समय

गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिए पनि हालसम्म पनि सरकारले गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफल भएको छ। आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक घण्टा लामो ओली-देउवा भेटवार्तामा कांग्रेस सभापति देउवाले पार्टीबीचको सहमतिका बाबजुद पनि गभर्नर नियुक्त नगरेको भन्दै असन्तुष्टि पोखे।

images
images
images

गएराति ८ देखि ९ बजेसम्म उनीहरुबीच भेटवार्ता भएको थियो। भेटका क्रममा सभापति देउवाले सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेको भन्दै गुनासो गरेका थिए। गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपनि प्रक्रिया अगाडि नबढेको भन्दै देउवाले ओलीसमक्ष गुनासो गरेका हुन्।

images
images

देउवाको गुनासो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गभर्नर नियुक्ति आगामी बिहीबारभित्रै गर्ने भन्दै समय माग गरेको कांग्रेस निकट स्रोतको दाबी छ। 'प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर नियुक्तिबारे लामो छलफल भएको छ। गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढेको भन्दै देउवाले चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले बिहीबारसम्मको समय माग्नुभएको छ। बिहीबारभित्र कांग्रेसले चुनेकै पात्रलाई गभर्नर नियुक्ति गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरेका गर्नुभएको छ', स्रोतले भन्यो।

images
images

गभर्नरमा आफूले अगाडि सारेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सर्वोच्च अदालतले बाटो खुलाउँदा समेत नियुक्तिमा ढिलाइ गरेको भन्दै सभापति देउवाले असन्तुष्टि जनाएको बताइएको छ। प्रधानमन्त्री ओलीले देउवालाई 'तपाईँले नै अगाडि सारेका व्यक्ति गभर्नर नियुक्ति गर्ने तर राजीनामा स्वीकृति नहुँदा केही अलमल भएको' स्वीकार गर्दै बिहीबारसम्म राजीनामा स्वीकृत गर्न लगाएर गभर्नर नियुक्ति गर्ने वचन दिएको स्रोतको दाबी छ।

बिहीबारसम्म राजीनामा स्वीकृत गरी गभर्नर नियुक्ति गर्नेगरी ओलीले देउवालाई बैठकमा कन्भिन्स गराएको स्रोतको दाबी छ।

गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिए पनि हालसम्म पनि सरकारले गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुँदा मुलुकको मौद्रिक क्षेत्र अस्तव्यस्त हुन थालेको छ। आगामी मौद्रिक समीक्षा सार्वजनिक हुन सकेको छैन।

यस्तै, राष्ट्र बैंकमा नेतृत्व नहुँदा बैंकिङ क्षेत्रमा अराजकता निम्तिने खतरा समेत बढेको छ। राष्ट्र बैंकका कायम मुकाय गभर्नर निलम ढुंगानाको महत्वकांक्षालाई केपी शर्मा ओलीले संरक्षण गर्दा गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताइन्छ।

कामु ढुंगानाले कायममुकाय पाउन साथ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नेदेखि हुकु्मी शैलीमा नीतिहरु परिवर्तन गर्नेसम्मका गलत अभ्यासहरु गरिरहेकी छिन्। यसप्रति सरकारले नजरअन्दाज गर्दै आएको छ। भट्ट गत बैशाख ५ गते नै राजीनामा दिएको भए पनि उनले त्यसलाई स्वीकृत गरेकी छैनन्। प्रतिस्पर्धीको राजीनामा आफूले स्वीकृत नगर्ने अडान उनले लिइरहेकी छिन्।

भट्टले राजीनामा दिनासाथ सर्वोच्च अदालतमा उनको योग्यतामाथि प्रश्न उठाउँदै पूरक रिट निवेदन दर्ता भएको गरिएको थियो। सर्वोच्च अदालतले उक्त पूरक रिट निवेदन प्रारम्भिक चरणमा नै खारेज गरिदिइसकेको छ। यससँगै भट्टको योग्यतामाथि उठाइएको प्रश्न अन्त्य भएको छ।

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको सिफारिस समितिले काम गर्न नसकेको भन्दै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजीनामा स्वीकृत गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्याएको छ।

गभर्नर नियुक्तिको ढिलासुस्तीले राष्ट्र बैंक दिशाहीन, वित्तीय अराजकता बढ्दै गभर्नर नियुक्तिको ढिलासुस्तीले राष्ट्र बैंक दिशाहीन, वित्तीय अराजकता बढ्दै

गभर्नर सिफारिस समितिको बैठक राख्न अर्थमन्त्री पौडेल नै बाधक, कामुकै भरमा राष्ट्र बैंक चलाउने प्रपञ्च गभर्नर सिफारिस समितिको बैठक राख्न अर्थमन्त्री पौडेल नै बाधक, कामुकै भरमा राष्ट्र बैंक चलाउने प्रपञ्च

कायममुकायमको लज्जास्पद राजनीति : गभर्नर नियुक्तिमा अनावश्यक किचलो कायममुकायमको लज्जास्पद राजनीति : गभर्नर नियुक्तिमा अनावश्यक किचलो

गभर्नरमा मध्यमार्गी विकल्प बन्लान् गुणाकर भट्ट? गभर्नरमा मध्यमार्गी विकल्प बन्लान् गुणाकर भट्ट?


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend