आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

कुमारी बैंकको नाफामा उछाल, २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा

बिहीबार , साउन २२ २०८२
कुमारी बैंकको नाफामा उछाल, २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा

सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, बैंकले सो अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं-  कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ। सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, बैंकले सो अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  जुन अघिल्लो वर्षको तुलनामा ४५ गुना बढी हो। गत वर्ष ४६ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो।  

बैंकसँग अझै २ अर्ब ७९ करोड रुपैयाँको संचित नोक्सानी रहेकाे छ। 

बैंकको कुल सम्पत्ति ४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको ४ खर्ब ९ अर्ब रुपैयाँभन्दा करिब ३३ अर्बले बढी हो। ग्राहक निक्षेप पनि ३ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको ३ खर्ब ३३ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। तर, सो अवधिमा कर्जा प्रवाह भने २ खर्ब ६० अर्ब रुपैयाँमा सीमित रहँदै अघिल्लो वर्षको भन्दा केही कम देखिएको छ।

बैंकको नाफा वृद्धि मुख्यतः कर्जामा भएको हानिको प्रावधान (इम्पेरमेन्ट चार्ज) मा आएको भारी घटावटका कारण भएको हो। अघिल्लो वर्ष ६ अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रावधान राखिएकोमा हाल यो घटेर २ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ, जसले सञ्चालन नाफालाई उल्लेखनीय रूपमा उकासेको हो।

सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने नेट इन्कम पनि वृद्धि भई ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। बैंकले व्याजदरको अन्तर (स्प्रेड) ३.५९ प्रतिशत कायम गर्न सफल भएको छ। भने कोषको लागत ६.७४ प्रतिशतबाट घट्दै ४.७४ प्रतिशतमा झरेको छ। आधार दर पनि घटेर ६.४४ प्रतिशतमा सीमित भएको छ।

नुक्सानी कर्जा अनुपात ६.४२ प्रतिशतमा पुगेको छ। जुन अघिल्लो वर्षको ५.९६ प्रतिशतभन्दा केही माथि हो। तर नेट एनपीएल भने ०.६७ प्रतिशतमा झरेको छ। जसले कर्जा जोखिम व्यवस्थापनमा सुधार भएको संकेत दिन्छ। 

सेयरधनी प्रतिफल सूचकहरूमा समेत उल्लेखनीय सुधार देखिएको छ। प्रति सेयर आम्दानी अघिल्लो वर्षको २ पैसा मात्रबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। भने प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा कायम भएको छ। पूँजी पर्याप्तता अनुपात १२.९८ प्रतिशत र कोर इक्विटी अनुपात ८.९४ प्रतिशत पुगेको छ।

 


प्रकाशित : बिहीबार , साउन २२ २०८२०६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend