आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

आइतबार, वैशाख १४ २०८२
नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

अण्डाको मूल्य लगातार घट्दा चिन्तित भएका किसानले मूल्य बढ्न थालेपछि केही राहत महसुस गर्न थालेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको जानकारी दिएको छ।

चितवन- अण्डाको मूल्य लगातार घट्दा चिन्तित भएका किसानले मूल्य बढ्न थालेपछि केही राहत महसुस गर्न थालेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको जानकारी दिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले शनिबार सम्पन्न छलफलले अण्डाको समर्थन फार्म मूल्य नयाँ दरमा निर्धारण गरेको बताए। उनका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (तीस वटा) रुपैयाँ चार सय तीस, मध्यम अण्डाको रुपैयाँ तीन सय अस्सी र 'एक्सएल' अण्डाको रुपैयाँ चार सय पचास कायम गरिएको जानकारी दिए। नयाँ मूल्य आजदेखि लागू गरिएको बताउँछन।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रुपैयाँ तीन सय पचासमा झरेको बताए। अहिले मूल्य बढेपछि किसानलाई केही राहत मिल्ने उनले बताए।

'एक्सएल' अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रुपैयाँ तीन हजार एक सय चालिस, ठूलो अण्डाको रुपैयाँ तीन हजार र मध्यम अण्डाको रुपैयाँ दुई हजार छ सय पचास कायम गरिएको बताए।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा औसत रुपैयाँ सोह्र दशमलव छपन्न पर्ने गरेको बताए। अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डाको प्रतिपेटी रुपैयाँ तीन हजार छ सय पचहत्तर पुगेको बताए।

पोखरेलका अनुसार पछिल्लो समय अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत नपाउने अवस्था आएको बताए। 'गर्मीका कारण अण्डा उत्पादन घट्नु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो,' उनले भने।

गर्मीका कारण कुखुरामा विभिन्न रोग देखिँदा उत्पादन घटेको बताए। सङ्घका सचिव मदन पोखरेलले अण्डा उत्पादन गर्ने कुखुरा घटेको र बजारमा माग बढेको बताए।

'अहिलेको अवस्था हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,' उनले भने। अहिले नेपालमा दैनिक तीस लाख गोटा हाराहारी अण्डा उत्पादन भइरहेको बताए।

कुखुरापालन व्यवसायमा लागत मूल्य नपाउँदा धेरै किसान विस्थापित भएका पनि बताए।


प्रकाशित : आइतबार, वैशाख १४ २०८२०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend