सोमबार, असोज ७ गते २०८१    
images
images

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्तको तयारी, मन्त्रालयले सोध्यो स्पष्टीकरण

वाइडबडी सी-चेक प्रकरणदेखि २ करोड ह्याकसम्मका विषयमा प्रश्न

images
बिहीबार , भदौ १३ २०८१
images
images
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्तको तयारी, मन्त्रालयले सोध्यो स्पष्टीकरण

दुई जहाजको सी–चेकको लागि एमआरओ छनोट गर्दा कार्य सम्पन्न गर्न नसक्ने कम्पनीलाई किन छनोट गरेको विषयमा समेत स्पष्टीकरण सोधिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उनीमाथि कारबाही गर्ने एकाउन्टेबल म्यानेजरबाट हटाएको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने सरकारले तयारी गरेको छ। गैरजिम्मेवार रुपमा नेतृत्व गरेको र एयरलाइन्सलाई नोक्सानीमा पुर्‍याएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ दिने स्पष्टीकरण सोधेको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइएको सम्बन्धमा स्पष्टीकरण माग गरिएको छ।  पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले ७ दिने अल्टिमेटमसहित नियमित रुपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरबाहीहरुको पुनरावृत्ति हुनु तथा व्यवसायिक कार्यसम्पादनस्तर कमजोर देखिएको  भन्दै स्पष्टीकरण सोधेको छ।

अध्यक्षको लापर्वाही, असक्षमता र कमी, कजोरीको कारण निगमको साख समेत गुम्दै गएको प्रष्ट देखिएको भन्दै यसको जवाफ दिन स्प्टीकरणमा सोधिएको छ। मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

दुई जहाजको सी–चेकको लागि एमआरओ छनोट गर्दा कार्य सम्पन्न गर्न नसक्ने कम्पनीलाई किन छनोट गरेको विषयमा समेत स्पष्टीकरण सोधिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उनीमाथि कारबाही गर्ने एकाउन्टेबल म्यानेजरबाट हटाएको छ।

images

गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले २ करोड नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा पनि प्रश्न सोधिएको छ। 

नेपाल सरकारको शतप्रतिशत स्वामित्व रहेको नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक वायुसेवाको रुपमा स्थापित र सञ्चालित छ। नेपाललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सञ्जालमा जोड्ने महत्त्वपूर्णमाध्यम रहेको यस निगमलाई नेपालको रणनीतिक उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिष्पर्धी एवम् मुनाफायोग्य रुपमा सञ्चालित गर्नु अत्यन्त आवश्यक रहेको नेपाल वायुसेवा निगम उडानको कमी, बढ्दो सञ्चालन घाटा तथा व्यवस्थापकीय असक्षमता, लापरवाही एवम् कमीकमजोरीका कारण आफ्नो साख गुमाउँदै जानुका साथै वित्तीय हानी नोक्सानी समेत व्यहोर्नु परेको देखिन्छ। निगममा नियमितरुपमा उस्तै प्रकृतिका कमजोरी एवम् लापरवाहिहरुको पुनरावृत्ती हुनु तथा व्यवसायिक कार्यसम्पादनस्तर कमजोर हुनुको जिम्मेवारी नेपाल वायुसेवा निगम ऐन, २०१९को दफा ४ र ६ बमोजिम निगमको कार्यकारी अख्तियार प्राप्त अधिकारीले बहन गर्नुपर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा देहायका विषयहरुमा वस्तुगत आधार, कारण र प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले ७(सात) दिनभित्र मन्त्रालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन नेपाल सरकार (मा. मन्त्रीस्तर) मिति २०८१/०५/१२ को निर्णयानुसार अनुरोध  ।
देहाय
१. निगमका जहाजहरुको मर्मत तथा सी चेकको कार्य नियमित एवम् पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी- चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चितता हुने गरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रकृया नसक्नुको कारण सि-चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुने गरी एकैपटक दुई वटै वाइड बडी (A330) जहाज सि चेकका लागि पठाइको सम्बन्धमा।
२. जहाजको प्राविधिक परीक्षण, पाटपूर्जा खरिद भवम् मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीतातथा गुणस्तरीयताहुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल धोयुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पाटपूर्जा खरिदमा व्यापक उजुरी / गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा A3309N-ALY लगायतका जहाजको सी-चेकको लागि MRO छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपुरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो ?
३. सी चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरु पठाउदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । A3309N-ALY जहाजको सी चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरुलाई बीचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरुकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरवाही पूर्वक निगमलाई अतिरिक्तवित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।
४. नियमित सी-चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुयाईराष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुयाउनुको कारण ।
५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरुको महत्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरु पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरु ग्राउन्ड (Aircraft on Ground) गर्दा निगमलाई पुग्न गएको अपुरणीय वित्तीय घाटा एवम् निगमको साखमा पर्न गएको क्षतीको
सम्बन्धमा ।
६. समयवद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।
७. गत वर्ष निगमको दुबई (UAE) स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई-मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा करिव २ करोड नोक्सानी व्यहोर्नु परेको भन्ने विषयमा ।
८. निगमको चल अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको
कारण ।९. निगमलाई व्यवसायिक रुपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममाकरिव रु. ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईको जिम्मेवारी सम्बन्धमा ।
१०. नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि Foreign AOC समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापाईको जिम्मेवारी सम्बन्धमा ।
११. ट्विनअटर जहाजहरु नियमित उडान संचालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्युन (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।

३० दिनमा सी-चेक सम्पन्न गर्ने सर्तमा इटाली लगिएको वाइडबडी ४४ दिनसम्म फर्किएन, दैनिक १ करोड ५० लाख घाटा ३० दिनमा सी-चेक सम्पन्न गर्ने सर्तमा इटाली लगिएको वाइडबडी ४४ दिनसम्म फर्किएन, दैनिक १ करोड ५० लाख घाटा

ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता    ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता   

७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर ७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर

असक्षम नेतृत्वका कारण निगमको आम्दानीमा ठूलो गिरावट, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ४३ करोडमात्रै आम्दानी असक्षम नेतृत्वका कारण निगमको आम्दानीमा ठूलो गिरावट, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ४३ करोडमात्रै आम्दानी

यौन दुराचारीलाई नेपाल वायुसेवा निगमको जिम्मा यौन दुराचारीलाई नेपाल वायुसेवा निगमको जिम्मा


प्रकाशित : बिहीबार , भदौ १३ २०८११९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend