बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसमा महान्यायाधिवक्ताको राय : दुई जनालाई सिफारिस गर्न मिल्दैन, थप निर्णयको अधिकार समितिलाई

मंगलबार, असार ११ २०८१
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसमा महान्यायाधिवक्ताको राय : दुई जनालाई सिफारिस गर्न मिल्दैन, थप निर्णयको अधिकार समितिलाई

कार्यालयले दुईजनामात्र सिफारिस गर्न नमिल्ने प्रष्ट राय दिएको छ भने सर्टलिस्टमा परेकामध्येबाट तीनजनाको सिफारिस गर्ने समिति आफैले निर्णय गर्नसक्ने राय उल्लेख गरिएको छ।

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले राय दिएको छ। 

तीन जनाभन्दा कम सिफारिस गर्न नमिल्ने राय कार्यालयले दिएको छ। धितोपत्र ऐनमा कम्तिमा तीन जनालाई नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेको र त्योभन्दा न्यून सिफारिस गर्न नमिल्ने कार्यालयले राय दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

सर्टलिस्टमा परेका पाँच जनामध्ये दुईजनामात्र अन्तर्वार्तामा सहभागी भएपछि दुई जनामात्र सिफारिस गर्ने कि अन्तर्वार्तामा सहभागी नभएकालाई पनि समेटेर सिफारिस गर्न सकिन्छ भन्ने प्रश्नमा छनौट समितिले अर्थ मन्त्रालयमार्फत कार्यालयसँग राय मागेको थियो। 

यसमा कार्यालयले दुईजनामात्र सिफारिस गर्न नमिल्ने प्रष्ट राय दिएको छ भने सर्टलिस्टमा परेकामध्येबाट तीनजनाको सिफारिस गर्ने समिति आफैले निर्णय गर्नसक्ने राय उल्लेख गरिएको छ। यदि यसो नगर्ने हो भने प्रक्रिया रद्द गर्नुपर्ने राय दिएको छ। 

धितोपत्र बोर्डमा राम्रो होइन हाम्रो ल्याउन लुछाचुँडी, बार्गेनिङको 'नाङ्‍गो नाच' धितोपत्र बोर्डमा राम्रो होइन हाम्रो ल्याउन लुछाचुँडी, बार्गेनिङको 'नाङ्‍गो नाच'

सर्टलिस्टमा जिरञ्जिवी चापागाईँ, कृष्णबहादुर कार्की, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका थिए। यसध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायणमात्र अन्तर्वार्तामा सहभागी भएका थिए। बाँकी तीनजनालाई दुईपटक बोलाउँदा पनि अन्तर्वार्तामा आएका थिएनन्। 

अन्तर्वार्तामा दुईजनामात्र सहभागी भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको छनौट समितिले अर्थमार्फत् राय माग्ने निर्णय गरेको थियो। 

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ



प्रकाशित : मंगलबार, असार ११ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend