शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ

सल्लाह गरेरै अन्तर्वार्ता बहिष्कार गरे, सिफारिस गर्न कानूनी चुनौती

images
आइतबार, असार २ २०८१
images
images
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ

अहिलेको छनौट प्रक्रिया रद्ध गराउनका लागि सर्टलिस्टमा परेका उम्मेद्वारहरूले नै सेटिङ गरेका छन्।  विशेषगरी चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीले सल्लाह गरेरै अन्तर्वार्ता बहिष्कार गरेका हुन्।

images
images

काठमाडौं- सर्टलिस्ट भएको दुई महिनापछि धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले आज आइतबारका लागि अन्तर्वार्ताको मिति निर्धारण गरेकोमा जम्मा दुई जनामात्र उपस्थित भएका छन्। 

images
images
images

पाँच जना सर्टलिस्ट भएकोमा दुई जनामात्र उपस्थित भएपछि सिफारिस गर्न समितिलाई कठिन भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको छनोट तथा सिफारिस समितिमा अर्थसचिव र स्वतन्त्र विज्ञतर्फ त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौला सदस्य रहेका छन्। 

images

समितिले आवेदकहरूबाट पाँच जनालाई सर्टलिस्ट गरेको थियो। यी पाँच जनाको अन्तर्वार्ता तथा प्रस्तुतीबाट तीन जनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था  रहेको छ। तर अन्तर्वार्तामा दुई जनामात्र उपस्थित भएपछि अहिलेको प्रक्रिया नै रद्द हुने संघारमा पुगेको हो।

images

आजको अन्तर्वार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठमात्र उपस्थित भएका थिए। चिरञ्जीवी चापागाइँ, नवराज अधिकारी र कृष्णबहादुर कार्की उपस्थित नै भएनन्। 

चैत २५ गते समितिले सर्टलिस्ट गरेको थियो। अध्यक्षका लागि योग्यता धितोपत्र ऐन २०६३ अनुसार स्नातकोत्तर उपाधि भएको र धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य वा कानून क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव भएको हुनुपर्ने छ। ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

अहिलेको छनौट प्रक्रिया रद्द गराउनका लागि सर्टलिस्टमा परेका उम्मेद्वारहरूले नै सेटिङ गरेका छन्। विशेषगरी चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीले सल्लाह गरेरै अन्तर्वार्ता बहिष्कार गरेका हुन्। 

अहिलेको प्रक्रियामा जाँदा एमाले अध्यक्ष ओलीले अध्यक्ष नियुक्तिमा दबाब बढाएपछि माओवादीका समर्थक मानिने कार्की, चापागाइँ र अधिकारीले अन्तर्वार्ता नै बहिष्कार गरिदिएका हुन्। 


प्रकाशित : आइतबार, असार २ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend