बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सात महिनादेखि नेपाल एयरलाइन्सको दुई करोड गायब

बिहीबार , चैत ८ २०८०
सात महिनादेखि नेपाल एयरलाइन्सको दुई करोड गायब

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीको लापरबाहीका कारण ह्याकरले दुई करोड रुपैयाँ लगेको सात महिना हुन लागिसकेको छ तर अहिलेसम्म निगमले रकम फिर्ता ल्याउन सकेको छैन।

निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण ह्याकरले करिब दुई करोड रूपैयाँ लगेको हो। कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रूपैयाँ ह्याकरले लगेको थियो। 

ह्याकरले निगमको दुबई स्टेसनको ईमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको हो। ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीनपटकसम्म गरी दुई करोड रकम हालेकी हुन्।

सुवेदीलाई अहिले काठमाडौं तानिएको छ। गल्ती गर्ने कर्मचारीलाई निलम्बन गरेर छानबीन गर्नुपर्ने भएपनि कुनै कारबाही नगरी कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारीमा नै काम गराइरहेका छन्। 

अस्मिता सुवेदीले २०२३ को अगस्ट १ मा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ मा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ मा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा रकम हालेकी थिइन्।

तत्कालीन सयममा प्रति एक दिराम बराबर ३६ रूपैयाँको हिसाबमा ५ लाख ३५ हजार ८ सय ५५ दिराम बराबर १ करोड ९२ लाख ९० हजार ७ सय ८० रूपैयाँ ह्याक भएको हो। उक्त रकम अहिलेसम्म पनि फिर्ता आउन सकेको छैन।

रकम ह्याक भएको विषय संसदीय समितिमा समेत उठिसकेको छ। कार्यकारी अध्यक्ष अधिकारीले सबैलाई रकम आउने बताएपनि अहिलेसम्म रकम निगमको खातामा आएको छैन। निगम सञ्चालकहरूले समेत अधिकारीलाई बारम्बार यो विषयमा प्रश्न गरिरहेको एक सञ्चालकले बताए। तर कार्यकारी अध्यक्ष अधिकारीले रकम आउँछमात्रै भन्दै त्यसबाहेक कुनै विवरण बोर्डमा दिएका छैनन्।  

ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता    ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता    निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा वायुसेवा निगम दोहनमा सर्वोच्चसम्म सेटिङ, दुई करोड गुम्दा पनि यसकारण चुपचाप छन् अध्यक्ष अधिकारी वायुसेवा निगम दोहनमा सर्वोच्चसम्म सेटिङ, दुई करोड गुम्दा पनि यसकारण चुपचाप छन् अध्यक्ष अधिकारी


प्रकाशित : बिहीबार , चैत ८ २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend