शनिबार, साउन १२ गते २०८१    
images
images
images
एनआईसीको फर्जी कर्जा

पुँजीकोषजस्तो संवेदनशील विषयमा नियामक र वित्तीय प्रणालीलाई दोष दिएर उम्कन खोज्दै एनआईसी एसिया

images
मंगलबार, फागुन १ २०८०
images
images
पुँजीकोषजस्तो संवेदनशील विषयमा नियामक र वित्तीय प्रणालीलाई दोष दिएर उम्कन खोज्दै एनआईसी एसिया

आवासीय क्षेत्रमा २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था भएपनि एनआईसी एसिया बैंकले ४५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेर राष्ट्र बैंकको नियमनको मजाक बनाएको छ।

images

काठमाडौं- पुँजीकोषजस्तो संवेदनशील विषयमा भएको गलत कामका सबै दोष नियामक र वित्तीय प्रणालीमाथि थोपरेर एनआईसी एसिया बैंक आफ्नो फर्जी कामबाट उम्कन खोजेको छ। 

images
images

पुँजीकोष मिलान गर्न देखाएको फर्जी आवासीय कर्जाका विषयमा बिजनेस न्युजले समाचार प्रकाशित गरेपछि एनआईसी एसिया बैंकले आफैले प्रकाशित गरेको वासेल रिपोर्टको तथ्यांकसँग मेल नखानेगरी खण्डन गरेको छ।

images

४५ प्रतिशतभन्दा बढी आवासीय कर्जा देखाएकोले पुँजीकोष ऋणात्मक बन्ने उच्च जोखिममा रहेको एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको दुई वासेल रिपोर्टमा प्रकाशित तथ्यभन्दा बाहिर गएर समाचारप्रति आपत्ति जनाएको छ।

कुल कर्जाको ४५ प्रतिशतभन्दा बढी कर्जा एउटै जोखिमभारमा समयोजन गरेर ‘सिस्टमेटिक जोखिम' सृजना गरेको तथ्य बाहिरिएपछि एनआईसी एसया बैंकले सम्पूर्ण वित्तीय प्रणालीमाथि नै असर पर्ने आशयसहितको प्रेस विज्ञप्ति प्रकाशित गरेको हो।

images

एनआईसी एसिया बैंकको पुँजीकोषका सम्बन्धमा बिजनेस न्युजले समाचार प्रकाशन गरेसँगै नेपाल राष्ट्र बैंकले समेत विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै 'अफसाइड' तथा 'अनसाइड' सुपरिवेक्षणलाई तीब्रता दिएको छ। राष्ट्र बैंकको अनुसन्धानसँगै एनआईसी एसिया बैंकले आफ्नो गल्ती छोप्न थप गल्तीको सहारा लिइरहेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूले गरेको बैंकिङ अभ्यासका आधारमा नै रिस्क समायोजन गरिएको दाबी प्रस्तुत गर्दै एनआईसी एसिया बैंकले पुँजीकोष मिलाउन गरेको वदनियतपूर्ण कुकृत्यको भागी सम्पूर्ण वित्तीय प्रणालीलाई बनाउँदै वित्तीय स्थायित्वमाथि नै चुनौती दिएको छ।

आवासीय क्षेत्रमा २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था भएपनि एनआईसी एसिया बैंकले ४५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेर राष्ट्र बैंकको नियमनको मजाक बनाएको छ। साथै गल्तीको सम्पूर्ण दोष राष्ट्र बैंक र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको असल अभ्यासमाथि थोपरेको छ।

राष्ट्र बैंकका उच्च अधिकारी तथा स्वयं गभर्नर महाप्रसाद अधिकारीले नै एनआईसी एसिया बैंकको वासेल प्रतिवेदनमाथि आशंका व्यक्त गरी अनुसन्धान प्रकृया अगाडि बढाउने निर्णय गरिसकेको विषयमाथि बैंकले अनुसन्धान प्रभावित तुल्याउनेगरी भाषा प्रयोग गरेको छ।

‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ मा उल्लेखित रिस्कवेटल क्लासिफेकेसन सम्बन्धी व्यवस्थाहरूमध्ये क्लेम सेक्योर्ड बाई रेसिडेन्सियल प्रोपटीइज भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाइअनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष रिपोर्टिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठेपश्चात् बैंकले नेपाल राष्ट्र बैंकसमक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्योर्ड वाइ रेसिडेन्सियल प्रोपटीइजसम्बन्धमा बैंकको बुझाइलाई अद्यावधिक गरी सोहीबमोजिम नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ’, बैंकले विज्ञप्तिमा भनेको छ।

राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी आवासीय कर्जा देखाएको एनआईसी एसिया बैंकले रियलस्टेट सेक्टरमा १०.१४ मात्रै कर्जा प्रवाह गरेको भन्दै वास्तविक तथ्यालाई विषयान्तर गर्न खोजेको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशनलाई आधारमा मानेर बैंकले देखाएको आवासीय कर्जाका आधारमा वस्तुनिष्ठ भएर पुँजीकोष गणना गर्ने हो भने एनआईसी एसिया बैंकको पुँजीकोष ऋणात्मक हुने तथ्यसहितको सामाग्री बिजनेस न्युजले प्रकाशित गरिसकेको छ। बैंकले पुँजीकोष मिलान गर्न राष्ट्र बैंकको एकीकृत निर्देशन र क्यापिटल एड्युकेसी फ्रेमवर्कविपरीत गएर फर्जी आवासीय कर्जा देखाएको हो।

पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा एनआईसी एसियाले ४५ प्रतिशतभन्दा बढी आवासीय कर्जा देखाएकाले पुँजीकोष ऋणात्मक बन्ने उच्च जोखिम एनआईसी एसियाले ४५ प्रतिशतभन्दा बढी आवासीय कर्जा देखाएकाले पुँजीकोष ऋणात्मक बन्ने उच्च जोखिम गभर्नर अधिकारी भन्छन् - एनआईसी एसियामाथि अनुसन्धान भइरहेको छ, मेरो टेबलमा फाइल आउनासाथ निर्णय हुन्छ गभर्नर अधिकारी भन्छन् - एनआईसी एसियामाथि अनुसन्धान भइरहेको छ, मेरो टेबलमा फाइल आउनासाथ निर्णय हुन्छ एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान


प्रकाशित : मंगलबार, फागुन १ २०८०१८:३५
  • सम्बन्धित विषय:

  • # एनआईसीको फर्जी कर्जा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend