आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images
एनआईसीको फर्जी कर्जा

एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान

images
मंगलबार, माघ २३ २०८०
images
images
एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान

कुनै एक आर्थिक वर्षको कुनै पनि महिनामा प्राथमिक पुँजीकोष अनुपात अपुग भएमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ।

images
images

काठमाडौं-एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात मिलाउन वासेल रिपोर्टमा गरेको तोडमोडविरुद्ध राष्ट्र बैंकले अनुसन्धान थालेको छ।

images
images
images

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले एनआईसी एसियाको वासेल रिपोर्टमाथि छानबिन सुरु भएको बताएको छ। 

images
images

'एनआईसी एसिया बैंकको वासेल रिपोर्टमाथि राष्ट्र बैंकले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सुपरिवेक्षण विभागले आफ्नो टीम परिचालन गरिसकेको छ', विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने।

images
images
images

प्राथमिक पुँजीकोष मिलाउन यस बैंकले आफ्नो वासेल प्रतिवेदनको क्रेडिट रिस्क कम देखाउन आवासीय कर्जामा अस्वाभाविक वृद्धि गरेको समाचार बिजनेस न्युजले यसअघि नै प्रकाशन गरिसकेको छ।

प्राथमिक पुँजीकोष अनुपात गणना गर्दा प्राथमिक पुँजीकोषलाई कुल भारित जोखिमले भाग गरिन्छ। कुल भारित जोखिममा कर्जा जोखिम, सञ्चालन जोखिम र बजारसम्बन्धी जोखिमलाई वासेल ३ को मापदण्डबमोजिम भार प्रदान गरी समायोजन गरिएको हुन्छ।

उक्त समायोजित ३ वटै जोखिमलाई जोडर कुल भारित जोखिमभार निकालिन्छ। एनआईसी एसिया बैंकले यसै जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष पुर्‍याएको छ। यस बैंकले करिब ३२ अर्बले कर्जाको जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष अपुग भएको तथ्यलाई ढाकछोप गर्ने प्रयास गरेको देखिन्छ।

अर्कोतर्फ यस बैंकले आवासीय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी प्रवाह गरेको देखिन्छ। कुल कर्जा लगानीका आधारमा हेर्ने हो भने यस बैंकले पहिलो त्रैमास करिब ४५.५४ प्रतिशत र दोस्रो त्रैमासमा ४५.७ प्रतिशत आवासीय कर्जा प्रवाह गरेको देखिन्छ।

राष्ट्र बैंकले २ करोड रुपैयाँको फर्स्ट होमवायर बाहेक आवासीय घर कर्जा, व्यावसायिक भवन तथा आवासीय अपार्टमेन्ट निर्माण कर्जा, निर्माण सम्पन्न भइ आयआर्जन गर्न थालेको व्यापारिक कम्लेक्स कर्जालगायत अन्य रियल स्टेट कर्जामा कुल कर्जाको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउने व्यवस्था एकीकृत निर्देशनमार्फत गरेको छ।

यस हिसाबमा हेर्ने हो भने पनि बैंकले अस्वाभाविकरुपमा आवासीय क्षेत्रमा कर्जा प्रवाह गरेको देखिन्छ। एनआईसी एसिया बैंकले कुल २ खर्ब ९३ अर्बको हाराहारीमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह गरेको छ।

जसमध्ये आवासीय कर्जामा करिब १ खर्ब ३३ अर्ब ९१ करोड रुपैयाँ प्रवाह गरेको वासेल रिपोर्टमा उल्लेख छ। अर्थात् बैंकको करिब ४५.७० प्रतिशत कर्जा आवासीय क्षेत्रमा लगानी भएको देखिन्छ।

अर्कोतर्फ बैंकको आवासीय कर्जा गत असार मसान्तको तुलनामा अस्वाभाविकरुपमा वृद्धि भएको देखिन्छ। असार मसान्तको तुलनामा असोज मसान्तमा बैंकले करिब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा आवासीय क्षेत्रमा मात्रै करिब ७८ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको देखिन्छ। अर्थात् बैंकले बैंकले ६० प्रतिशत मात्रै जोखिमभार रहेको आवासीय कर्जामा बढी जोखिमभार भएको कर्जा थपेर क्रेडिट रिस्क घटाएको प्रस्ट हुन्छ। 

बैंकले गत असोज मसान्त र पुस मसान्तमा ८.५ प्रतिशत भन्दा कम भएको जोखिमभार मिलाउन क्रेडिट रिस्क कम देखाउने गरी वासेल प्रतिवेदनमा छेडछाड गरेको छ। 

राष्ट्र बैंकले तोकेको प्राथमिक पुँजीकोष कायम नगर्दा यस बैंकले आर्थिक २०७७/७८ र २०७८/७९ को नाफाबाट सेयर लगानीकर्तालाई लाभांश वितरण गर्न पाएको थिएन। २ वर्षपछि मात्रै यस बैंकले गत आर्थिक वर्ष करिब ३० प्रतिशत लाभांश वितरण गरेको थियो। 

कुनै एक आर्थिक वर्षको कुनै पनि महिनामा प्राथमिक पुँजीकोष अनुपात अपुग भएमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ।

पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा


प्रकाशित : मंगलबार, माघ २३ २०८०१७:४६
  • सम्बन्धित विषय:

  • # एनआईसीको फर्जी कर्जा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend