काठमाडौं- सनराइज बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस १५ गते गर्ने साधारणसभाका लागि पुस ४ गते बुक क्लोजको मिति तय गरेको छ।
सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ६.६५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।