बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

घरजग्गा कारोबारमा देखिएन उत्साह : अधिकांश ठूला प्लट बिक्रीमा, मूल्य पनि घट्दै

images
शनिबार, वैशाख ८ २०८१
images
घरजग्गा कारोबारमा देखिएन उत्साह : अधिकांश ठूला प्लट बिक्रीमा, मूल्य पनि घट्दै

माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ।

images
images

काठमाडौं-  चालु आर्थिक वर्षको ९ महिनासम्म पनि घरजग्गा कारोबारमा उत्साह देखिएको छैन। कारोबारको सुस्तताले देशैभर घरजग्गाको मूल्यसमेत घटिरहेको छ। बैंकहरुका पनि लिलामीका जग्गा एकैपटक ठूलो संख्यामा बिक्रीमा आएका छन्। 

images
images
images

पछिल्लो समय सामाजिक सञ्जालदेखि अनलाइन तथा अन्य सूचना पनि घरजग्गा बिक्रीकै आउने गरेको छ। उल्लेख्य मूल्य घट्दा पनि बिक्री भएका छैनन्। यहि अवस्था रहे अझै घरजग्गाको मूल्य घट्दै जाने देखिएको छ।

images
images

काठमाडौं, विराटनगर, भैरहवा, चितवन सबै क्षेत्रमा घरजग्गा कारोबार सुस्ताएको छ। जसका कारण खरिद गर्ने भन्दा बिक्री गर्नेको संख्या बढी छ। सोही कारण पनि कारोबार बढ्न सकेको छैन भने केही भएका कारोबारमा पनि खरिदकर्ताले सस्तोमा पाइरहेका छन्।

images
images

साउनयता नै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामार्फत केही सहज गरेता पनि कारोबार भने बढ्न सकेको छैन।

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो। तर पनि घरजग्गा कारोबार बढ्न भने सकेको छैन। चैतमा ५० हजार २ सय ५२ लिखित पास भएको छ। फागुनमा भन्दा केही सुधार देखिएपनि उत्साहप्रद नभएको व्यवसायी बताउँछन्।

‘कुनै पनि महिना खासै उत्साह देखिएको छैन, सोही क्रम चैतमा पनि निरन्तर हो,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने। अहिलेकै अवस्थामा कारोबार बढ्न मुस्किल रहेको अध्यक्ष लोहनी बताउँछन्। 

‘अहिले पनि लोन टु भ्यालु रेसियो अझ ५० प्रतिशत राखेसम्म समस्या हुन्छ, ७० प्रतिशत पुर्‍याउनुपर्छ’ अध्यक्ष लोहनीले भने। भ्यालु ५० भनेपनि मार्केटको भ्यालु ३० मा आउने गर्दछ जसले समस्या पारेको लोहनी बताउँछन्। यता जोखिमभार पनि १०० प्रतिशतमा ल्याउन सकियो भने बजार चलायमान हुने अध्यक्ष लोहनी बताउँछन्।

माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ। 

विभागका अनुसार फागुनमा भन्दा केही बढेर ५० हजार २ सय ५२ लिखत पारित भएको छ। गतवर्षको चैतमा भन्दा केही सुधार देखिएको छ। गतवर्षको चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। 

चैतमा पनि फागुन सरहकै राजस्व संकलन भएको छ। चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको हो। गतवर्षको चैतमा ४ अर्ब ५१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गतवर्ष भन्दा चालु वर्षमा झन्डै ६० करोडले कमी आएको हो। 

चालु आर्थिक वर्षको माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।  विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पास भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा लिखत पास भएको थियो।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो।साथै कात्तिक महिनामा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो। 

राष्ट्र बैंकका अनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाले आवसीय कर्जा ३ खर्ब ८४ अर्ब ४७ करोड रुपैयाँ प्रवाह गरेका छन्। गत असारको तुलनामा कर्जा १०.४ प्रतिशतले बढी हो। त्यस्तै ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३६ अर्ब ३५ करोड रुपैयाँ आवासीय कर्जा लगानी गरेका छन्। 


प्रकाशित : शनिबार, वैशाख ८ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend