मंगलबार, वैशाख १८ गते २०८१    
images
images

व्यापक रुपमा घट्दै छ ईभी ब्याट्रीको मूल्य

सन् २०१९ देखि अहिलेसम्म र २०३० सम्मको प्रक्षेपण

images
images
images
व्यापक रुपमा घट्दै छ ईभी ब्याट्रीको मूल्य

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री हाल लिथियम आयन फोसफेट हो भने यसमा अन्य तत्वहरुको प्रयोग गरेर पनि ब्याट्री बनाउने प्रयासहरु भइरहेको छ। चिनियाँ कम्पनीहरुले सोडियम आयन फोसफेटको विकास भइसकेको दाबी गरेका छन्।

images
images

काठमाडौं- बजारको स्वीकार्यता र मागले नै वस्तु कति बिक्यो र त्यसको मूल्य कसरी कायम भयो भन्ने कुरा थाहा पाउन सकिन्छ। बजारमा माग बढ्यो भने उत्पादन क्षमता स्वाभाविक रुपमा बढाउनु नै पर्छ। तर बजारमा माग बढिरहँदा त्यहीअनुसार उत्पादन क्षमता बढाउन सकिएन भने मागमा समेत कमी आउन थाल्छ। यो बजारको सामान्य सिद्धान्तमै पर्छ। 

images
images
images

मागअनुसार नै उत्पादन क्षमता बढ्दै गयो र भविष्यमा माग बढ्ने देखेर उत्पादन बढाइयो भने मूल्य पनि घट्दै जान्छ। उत्पादन बढ्दा सप्लाइ पर्याप्त हुन्छ र बजारमा प्रतिस्पर्धा बढ्छ, परिणामतः त्यसको मूल्य लाभ उपभोक्तालाई हुन्छ।

images

विद्युतीय सवारी बजारलाई ब्याट्रीको मूल्यले प्रत्यक्ष प्रभावित पार्छ किनकि विद्युतीय कारमा ब्याट्रीको लागत करिब ४० प्रतिशत रहेको छ। ब्याट्री उत्पादन क्षमता नबढेसम्म वा ब्याट्रीको लागत कम नभएसम्म विद्युतीय सवारीको पर्याप्तता र प्रतिस्पर्धी मूल्यमा पाउन कठिन छ। 

images

२०२४ सुरु भएसँगै ईभी ब्याट्री जगतमा राम्रा संकेतहरु देखिएका छन्। २०२४ र २०२५ को अन्त्यसम्ममा ईभी ब्याट्रीको लागतमा उल्लेख्य गिरावट आउने देखिएको हालै सार्वजनिक भएको गोल्डम्यान स्याचस्को विश्लेषणात्मक प्रतिवेदनमा उल्लेख छ। ब्याट्रीको मूल्यमा कमी आएपछि विद्युतीय कारको मूल्यमा पनि कमी आउने छ र विद्युतीय सवारीको बिक्री व्यापक रुपमा बढ्ने छ।

images
images

२०२३ र २०२५ मा हुने ईभी ब्याट्रीको मूल्य तुलना गर्दा ४० प्रतिशतसम्म घटेको हुने गोल्डम्यानले जनाएको छ। सरकारहरुले दिइरहेको सहुलियत सुविधा कायम रहँदा अर्को वर्ष अर्थात् २०२५ मा इन्टरनल कम्बस्चन इन्जिन कार सरहकै मूल्यमा विद्युतीय कार आउने समेत उक्त अध्ययनमा उल्लेख गरिएको क्लिनटेक्निक डटकमले लेखेको छ।

दीर्घकालीन रुपमा हेर्दा विद्युतीय कारको बिक्री २०३० सम्म पुग्दा अमेरिकीमा ५० प्रतिशत र ईयूमा ६८ प्रतिशत हुने गोल्डम्याले जनाएको छ। 

EV-Battery-Price-Forecas.PNG

ईभी ब्याट्री लागत ट्रेन्ड हेर्ने हो भने यो नाटकीय देखिन्छ र यो धेरै आशावादी रहेको छ। विश्वव्यापी रुपमा उपलब्ध स्रोत र भइरहेको उत्पादन, अनुसन्धानका आधारमा ईभी ब्याट्रीको मूल्य २०२४ र २०२५ मा उल्लेख्य रुपमै घट्ने छ। अहिले ईभीमा विश्व बजार जुन रुपमा अघि बढिरहेको त्यो आधारमा अमेरिका र युरोपमा २०३० मा पुग्दा हुने बिक्री संख्या आशावादी हुनुपर्ने तर असत्य रहेको गोल्डम्यानले भनेको छ।

२०१९ मा प्रतिकिलोवाट आवर ब्याट्रीको लागत १ सय ६० डलरभन्दा बढी थियो भने यो २०२३ मा आइपुग्दा १ सय ५० डलर हाराहारी आइपुगेको छ। २०२४ को अन्त्यसम्ममा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय १५ डलर वरिपरि पुग्नेछ भने २०२५ मा लागत ९० डलर हाराहारी हुने अनुमान गोल्डम्यानले गरेको छ। त्यस्तै २०३० सम्म पुग्दा ब्याट्रीको प्रतिकिलोवाट आवर लागत ५०/६० डलर वरिपरि आइपुग्ने अनुमान गरिएको छ। 

किन घटिरहेको हो त ब्याट्रीको मूल्य? यसको मुख्य कारण हो ईभी ब्याट्रीको कच्चा पदार्थको मूल्य कम हुनु र नवीनतम प्रविधिको विकासको मिक्सअप नै हो। कच्चा पदार्थको घट्दो मूल्यको प्रभाव ब्याट्रीमा पर्ने र ब्याट्रीमा देखिइरहेको इनोभेसनले पनि मूल्य घटाउन सहयोग गरिरहेको छ। 

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री हाल लिथियम आयन फोसफेट हो भने यसमा अन्य तत्वहरुको प्रयोग गरेर पनि ब्याट्री बनाउने प्रयासहरु भइरहेको छ। चिनियाँ कम्पनीहरुले सोडियम आयन फोसफेटको विकास भइसकेको दाबी गरेका छन्।

तर यो प्रविधि आमरुपमा बजारमा आउन भने केही समय लाग्ने उनीहरुको भनाइ छ। त्यस्तै जापानी कार उत्पादक टोयोटासहित अन्य केही कम्पनीहरुले सोलिड स्टेट ब्याट्री विकास गरेर परीक्षण समेत गरिसकेका छन्। तर यो प्रविधि अहिलेको लिथियम आयनमै आधारित रहेको र योभन्दा निकै महँगो हुने बताइएको छ। यता टोयोटाले भने सन् २०२६ सम्म सोलिड स्टेट ब्याट्री लिथियम आयन ब्याट्रीकै वा त्योभन्दा सस्तो मूल्यमा बजारमा उपलब्ध हुने दाबी गरेको छ।

जेहोस् र जसरी होस् विद्युतीय सवारीको ब्याट्री लागत कम हुने र सन् २०२६ सम्म पुग्दा अहिलेको इन्टरनल कम्बस्चन इन्जिनयुक्त कारको मूल्यमा विद्युतीय कार पाइने निश्चितप्रायः छ।   

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०३

प्रतिक्रिया दिनुहोस