शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालको विद्युत जडित क्षमता ३०५४ मेगावाट पुग्यो, जेठदेखि भारतले खरिद नगरे दैनिक १२ सय मेगावाट खेर जाने

images
आइतबार, वैशाख २ २०८१
images
images
नेपालको विद्युत जडित क्षमता ३०५४ मेगावाट पुग्यो, जेठदेखि भारतले खरिद नगरे दैनिक १२ सय मेगावाट खेर जाने
images

काठमाडौं- नेपालको राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता ३०५४ मेगावाट पुगेको छ। २०८० मा ४६० मेगावाट उत्पादिन विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा थपिएसँगै जडित विद्युत क्षमता ३०५४ मेगावाट पुगेको हो। २०८० मा २२ आयोजनाको ४६० मेगावाट थपिएको हो। 

images
images

अझै केही आयोजना निर्माणको अन्तिम चरणमा रहेकोले असारसम्म दुई सय मेगावाट थप हुँदैछ। यो थपिएसँगै प्राधिकरण र निजी उत्पादकहरु भने बिजुली खेर जाने चिन्तामा छन्।

images

भारतले पनि विद्युत खरिदमा चासो नदेखाएकोले आउने बर्षातमा दैनिक १२ सय मेगावाट विद्युत खेर जाने अवस्था आएको छ। पछिल्लो समय नेपाल सरकारसँग भारत सरकार रुष्ट बनेका कारण विद्युत निर्यातमा समस्या हुने देखिएको छ।

आगामी जेठ १५ देखि कम्तिमा पनि दैनिक १ हजार मेगावाट विद्युत भारत निर्यात गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ।  भारतसँग १० वर्षभित्र १० हजार मेगावाट विद्युत बिक्री गर्ने सम्झौता गरेर बसेको नेपाल यतिबेला भारतबाट आवश्यक विद्युत आयात गर्नसमेत दिउँसो मात्रै पाएको छ। रात्रीको अवस्थामा विद्युत नपाउँदा कतिपय उद्योगहरू नै बन्द गरिएको छ। आयातमै समस्या आएकोमा अब निर्यातमा थप समस्या आउने देखिएको छ। 

images

नेपालमा विद्युत उत्पादनदेखि व्यापारसम्ममा चासो दिएको भारतले नेपालको नीति चीनतर्फ ढल्किएको पाएपछि प्राधिकरण भने मारमा पर्ने देखिएको हो।

नेपालबाट चीनतर्फ न विद्युत बिक्री गर्न सकिन्छ न खरिद नै गर्न सकिने अवस्था छ। यस्तोमा नेपालको परराष्ट्र मन्त्रालयको अस्थिर नीतिले बिजुलीमा गम्भीर संकट निम्तने खतरा बढेर गएको छ। गत चैत १८ गते विद्युत आयात अनुमति नवीकरण तीन महिनाका लागि मात्रै भारतले गरेको छ। विगतका वर्षमा १ वर्षका लागि यस्तो नवीकरण गर्ने गरेको थियो। 

भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ। नेपालमा हाल दैनिक ४५० मेगावाट विद्युत खरिद गरिएको छ। भारतले ६५० मेगावाटसम्म दैनिक विद्युत दिँदै आएको छ। ठूला जलाशययुक्त आयोजना समयमा निर्माण नहुँदा बर्षातमा विद्युत भारतले नकिने खेर जाने र हिउँदमा भारतले नेपाललाई बिक्री नगरे लोडसेडिङ हुने अवस्था रहेको छ।  

प्राधिकरणले चालुवर्ष भारततर्फ विद्युत बिक्री गरेर १५ अर्ब २४ करोड रुपैयाँको आम्दानी गरेको थियो। नेपालले चालुवर्ष दैनिक १२ सय मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य राखेको छ। तर भारतले ६ सय २२ मेगावाटको मात्रै अनुमति दिएको छ। सोही परिणाम पनि दिने नदिने निश्चित भएको छैन।

यता बंगलादेशमा पनि दैनिक ४० मेगावाट बिजुली निर्यातका लागि भारतले अनुमति दिएको छ। तर भारतले नेपालको बिजुली निर्यात नगरेमा बंगलादेश जाने बिजुली समेत रोकिने खतरा बढेको छ। 

नेपाल र भारतबीच ऊर्जा व्यापारका लागि महत्वपूर्ण सम्झौता भएकोले आगामी जेठदेखि दैनिक १५ सय देखि २ हजार मेगावाट विद्युत निर्यात गरेर ३५ अर्ब रुपैयाँभन्दा बढी कमाउने प्राधिकरणको लक्ष्य छ। 

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले विद्युत खरिद र बिक्री गर्दै आएको छ। यो बजारमा भाग लिन २०७८ बैशाखमा नेपालले अनुमति पाएको थियो। पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त छ। 

प्रधानमन्त्री पुष्प कमल दाहालको गत जेठ तेस्रो साता भएको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको थियो। भारतको प्रतिस्पर्धी बजारको डे–अहेड मार्केटमा करिब ६२२ मेगावाटसम्म निर्यातका लागि अनुमति पाएको थियो। नेपालमा हाल पिक आवरमा डिमान्ड १८ सय मेगावाट हो। अहिलेको बर्षातमा उत्पादन ३०५४ सय मेगावाटसम्म पुगेको छ। 

भारतको प्रतिस्पर्धी बजारको डे–अहेड मार्केटमा करिब ६२२ मेगावाटसम्म निर्यातका लागि अनुमति पाएको थियो। नेपालमा हाल पिक आवरमा डिमान्ड १८ सय मेगावाट हो। अहिलेको बर्षातमा उत्पादन २८ सय मेगावाटसम्म पुगेको छ। जसमा एक हजार मेगावाट भारत निर्यात नहुँदा केही समय ६ सयदेखि ८ सय मेगावाटसम्म बिजुली खेर गएको थियो।


प्रकाशित : आइतबार, वैशाख २ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend