काठमाडौं- नेपाल विद्युत प्राधिकरणाले शुक्रबार मध्यरातबाट थप १४ उद्योगको लाइन काटेको छ। ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै गत शुक्रबारबाट लाइन काट्न थालेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो शुक्रबार मध्यरातमा थप १४ उद्योगको लाइन काटेका हुन्।
विवाद मिलाउन भन्दै उद्योगीहरूले शुक्रबार प्रधानमन्त्री पुष्पकलम दाहाल भेटेपछि घिसिङ थप आक्रामक बन्दै लाइन काटेका हुन्।
डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा देखिएको विवाद समाधानका लागि उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले उच्चस्तरीय समिति बनाएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यता प्राधिकरणले भने लाइन काट्ने कार्य रोकेको छैन।
डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि उद्योगीले भेटे प्रधानमन्त्री
प्राधिकरणले थप १३ उद्योगसहित अब लाइन काटिने उद्योगको संख्या २३ पुगेको छ। प्राधिकरणले पहिलो दिन ४ वटा उद्योगको लाइन काटेको थियो भने गत आइतबार ५ वटा उद्योगको लाइन काटेको थियो।
शुक्रबार रातीबाट बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटिएको छ।
गत शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिदिएको थियो। यस्तै आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो।
डेडिकेटेड र ट्रंकलाइनको अर्बौं बक्यौताको चक्रव्यूहमा उद्योगी
गत बिहीबार डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा देखिएको विवादमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफूले बोक्न सक्नेजतिमात्र भार बोक्ने साथै सबै कुरा आफैले चाहेर नहुने भन्दै लाइन काट्ने प्रक्रियाबाट पछि हट्न नसक्ने बताएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले बक्यौता नतिरेको उद्योगको बिजुली काट्न निर्देशन दिएको ४८ घण्टाभित्रै प्राधिकरणले ९ वटा उद्योगको लाइन काटेको हो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बिहीबार पत्रकार सम्मेलन गरेर यो विवादमा अब धेरै नकुर्ने र बक्यौता बाँकी रहेका ६१ उद्योगकै बिजुली क्रमिक रुपमा काट्दै जाने घोषणा नै गरेका थिए।
कुलमानमाथि भारी थुपारेर जिम्मेवारीबाट भाग्दै प्रधानमन्त्री दाहाल
प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ६१ उपभोक्तामार्फत २०८० मंसिरसम्म २२ अर्ब २४ करोड रुपैयाँ उठाउन बाँकी रहेको र उक्त रकम नतिरे लाइन काटिँदै जाने बताएको थियो।
नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बिच्छेद गरेको छ। प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो ।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो। पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ।
शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ।
यसैगरी कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ।