शनिबार, वैशाख २२ गते २०८१    
images
images

प्रतिबद्धताको आधा पनि आउँदैन नेपालमा विदेशी लगानी, साना तथा मझौलामै सीमित 

images
images
images
प्रतिबद्धताको आधा पनि आउँदैन नेपालमा विदेशी लगानी, साना तथा मझौलामै सीमित 

भ्रष्टाचार, मिलेमतो तथा नीतिगत अस्थिरताका कारणले गर्दा लगानीकर्ताका लागि उपयुक्त वातावरण बन्न नसक्नेको अमेरिकी सरकारको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- विदेशी लगानीका लागि गरिएको प्रतिबद्धताको आधा पनि नेपालमा आउने गरेको छैन। विदेशी लगानी स्वीकृतिको औपचारिक तथ्यांक राख्न थालेदेखि आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार नेपालमा प्रतिबद्धताको जम्मा ३६ प्रतिशतमात्र खुद विदेशी लगानी भित्रिएको छ। 

images
images
images

मुलुकमा हालसम्म १ खर्ब ४८ अर्ब खुद विदेशी लगानी आएको छ। ऋण तथा सञ्चितिको गणना गरेर कुल विदेशी लगानी भने २ खर्ब ६४ अर्ब रहेको छ। खुद विदेशी लगानी भने १ खर्ब ४८ अर्बमै सीमित रहेको छ। यो भनेको प्रतिबद्धताको ३६.२ प्रतिशत हो।

images

नेपालमा उद्योग दर्ता तथा स्वीकृतिका लागि उद्योग विभागमा प्रतिबद्धतासहित दर्ता गर्नुपर्छ। यसरी विभागमा दर्ता भएर गरिएको प्रतिबद्धताअनुसार २०७८/७९ सम्म कुल ४ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानीकको प्रतिबद्धता गरिएको छ। तर यो बीचमा जम्मा १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख रुपैयाँमात्र विदेशी लगानी आएको छ। 

images

यसअनुसार नेपालमा एक सय रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता हुँदा जम्मा ३६ रुपैयाँमात्र लगानी आउने गरेको छ। यसै पनि नेपालमा विदेशी लगानीका फर्म तथा उद्योग दर्ता न्यून छ भने भएकैमा पनि लगानी आउने गरेको छैन। 

images
images

बर्सेनि लगानीको कुरा गर्दा हालसम्म सबैभन्दा धेरै २०७७/७८ मा आएको थियो। सो वर्ष १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी आएको थियो। नेपालमा वर्षमा १० अर्बभन्दा बढीको विदेशी लगानी जम्मा ६ वर्षमात्र आएको छ। 

उत्पादनमूलक उद्योगमा छैन विदेशी लगानीकर्ताको चासो, रेष्टुरेन्ट र कार्गोमै केन्द्रित  उत्पादनमूलक उद्योगमा छैन विदेशी लगानीकर्ताको चासो, रेष्टुरेन्ट र कार्गोमै केन्द्रित 

लगानीको वातावरण नहुँदा आएकै लगानीकर्ता पनि पन्छिने गरेका छन्। लगानीका लागि लाभदायक क्षेत्रको पहिचान, सरकारी अग्रसरताको कमी, नीतिगत अस्थिरताका कारणले विदेशी लगानीको सम्भावना न्यून हुँदै गएको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले विश्लेषण गर्दे आएका छन्। पछिल्लो समय आएको अमेरिकी सरकारले एउटा प्रतिवेदनले नेपालमा विदेशी लगानी आकर्षित गर्नका लागि केही नीतिगत सुधार गरिएपनि आम सुधार नभएको उल्लेख गरेको छ। 

भ्रष्टाचार, मिलेमतो तथा नीतिगत अस्थिरताका कारणले गर्दा लगानीकर्ताका लागि उपयुक्त वातावरण बन्न नसक्नेको अमेरिकी सरकारको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

लगानीका लागि आवश्यक आधारभूत पूर्वाधारको कमी, बजारको सुनिश्चितता र आन्तरिक बजारको सशक्तीकरणको कमीलाई पनि लगानीको बाधकको रुपमा हेर्ने गरिन्छ। 

नेपालमा विदेशी लगानीको प्रतिफल १४ प्रतिशत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि अगाडि  नेपालमा विदेशी लगानीको प्रतिफल १४ प्रतिशत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि अगाडि 

धेरै रोजगारी सिर्जना गर्ने तथा व्यापार सन्तुलनमा सहयोगी हुने क्षेत्रमा विदेशी लगानीकर्ताको चासो न्यून देखिएको छ। नेपालमा दर्ता भएका उद्योग र पाएको लगानी स्वीकृतिको तथ्यांकअनुसार ऊर्जाबाहेकका अन्य ठूला परियोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छैन। 

उत्पादन लागत उच्च रहेको, नेपालबाट विदेश निर्यात गर्दा प्रतिस्पर्धी नहुनेलगायतका कारणले गर्दा उत्पादनमूलक उद्योगमा विदेशी लगानीकर्ताको चासो न्यून हुँदै गएको हो। स्वदेशी खनिजमा आधारित सिमेन्टलगायतका केही मेगा परियोजना विगतमा लगानी आएपनि पछिल्लो समय अन्य क्षेत्रमा भने खासै आएको छैन। 

संसारका ठूला लगानीकर्तालाई प्रधानमन्त्रीले नै चिठी काटेर बोलाउनुपर्छ, गोरखापत्रमा सूचना छापेर विदेशी लगानी आउँदैन : राधेश पन्त [अन्तर्वार्ता] संसारका ठूला लगानीकर्तालाई प्रधानमन्त्रीले नै चिठी काटेर बोलाउनुपर्छ, गोरखापत्रमा सूचना छापेर विदेशी लगानी आउँदैन : राधेश पन्त [अन्तर्वार्ता]

गत वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा विदेशी लगानीका उद्योग दर्ता भएका छन् तर यी सबै सानो स्केलका छन्। सेवा क्षेत्रमा ५१ वटा साना कम्पनी रहेका छन्। गएको वर्ष सेवा क्षेत्रमा आएको विदेशी लगानीमा पनि कार्गोमा धेरै रहेको छ। व्यापार सहजीकरणमा सक्रिय हुने त्यस्ता कम्पनीमा विदेशीको चासो रहेको छ। निर्माण सेवा तथा अन्य केही भएपनि बहुमत कार्गोमै रहेको छ। 

कार्गोमा धेरै लगानी चिनियाँहरूको रहेको छ। न्यून रोजगारीमात्र होइन लगानी पनि धेरै नहुने यस्ता क्षेत्रमा विदेशीको आकर्षण बढेको छ। पर्यटनमा विदेशी लगानीकर्ताको चासो रहेपनि ठूला होटल तथा अन्य परियोजनाभन्दा पनि साना रेष्टुरेन्टमा धेरै आकर्षण रहेको छ। 

images

प्रकाशित : शुक्रबार, असोज १२ २०८००६:२३

प्रतिक्रिया दिनुहोस