शनिबार, वैशाख २२ गते २०८१    
images
images

उत्पादनमूलक उद्योगमा छैन विदेशी लगानीकर्ताको चासो, रेष्टुरेन्ट र कार्गोमै केन्द्रित 

images
images
images
उत्पादनमूलक उद्योगमा छैन विदेशी लगानीकर्ताको चासो, रेष्टुरेन्ट र कार्गोमै केन्द्रित 

कार्गोमा धेरै लगानी चिनियाँहरूको रहेको छ। न्यून रोजगारीमात्र होइन लगानी पनि धेरै नहुने यस्ता क्षेत्रमा विदेशीको आकर्षण बढेको छ। 

images
images

काठमाडौं- धेरै रोजगारी सिर्जना गर्ने तथा व्यापार सन्तुलनमा सहयोगी हुने क्षेत्रमा विदेशी लगानीकर्ताको चासो न्यून देखिएको छ।नेपालमा दर्ता भएका उद्योग र पाएको लगानी स्वीकृतिको तथ्यांकअनुसार ऊर्जाबाहेकका अन्य ठूला परियोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छैन। 

images
images
images

उत्पादनमूलक उद्योगमा यसै पनि विदेशी लगानीकर्ताको चासो छैन तर सेवा क्षेत्रमा पनि सामान्य प्रकृतिका कम्पनी तथा फर्ममा केन्द्रित भएको देखिन्छ। 

images

उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा जम्मा २३ वटा उत्पादनमूलक उद्योग दर्ता भएका छन्। ६ अर्ब ३६ करोड लगानी हुने भनिएका यी उद्योग अधिकांश साना रहेका छन्। थोरै रोजगारी सिर्जना र न्यून उत्पादन हुने यस्ता उद्योगमा विदेशी लगानी स्वीकृत भएको हो। 

images

२३ मध्ये जम्मा दुई वटामात्र ठूला उत्पादनमूलक उद्योग रहेका छन्। यी दुवै टायल उत्पादक हुन्। यसमा पशुपति सेरामिक्स र काजारिया रमेश टायल्स रहेका छन्। यी दुवैमा साझेदारीमा आधारित उद्योग रहेका छन्। नेपालीको ५० प्रतिशत लगानी रहेको छ। 

images
images

उत्पादनमूलक उद्योगमा विदेशी लगानीको हिस्सा विगतमा धेरै भएपनि पछिल्लो समय भने पछाडि परेको छ।

उत्पादन लागत उच्च रहेको, नेपालबाट विदेश निर्यात गर्दा प्रतिस्पर्धी नहुनेलगायतका कारणले गर्दा उत्पादनमूलक उद्योगमा विदेशी लगानीकर्ताको चासो न्यून हुँदै गएको हो। स्वदेशी खनिजमा आधारित सिमेन्टलगायतका केही मेगा परियोजना विगतमा लगानी आएपनि पछिल्लो समय अन्य क्षेत्रमा भने खासै आएको छैन। 

गत वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा विदेशी लगानीका उद्योग दर्ता भएका छन् तर यी सबै सानो स्केलका छन्। सेवा क्षेत्रमा ५१ वटा साना कम्पनी रहेका छन्। गएको वर्ष सेवा क्षेत्रमा आएको विदेशी लगानीमा पनि कार्गोमा धेरै रहेको छ। व्यापार सहजीकरणमा सक्रिय हुने त्यस्ता कम्पनीमा विदेशीको चासो रहेको छ। निर्माण सेवा तथा अन्य केही भएपनि बहुमत कार्गोमै रहेको छ। 

कार्गोमा धेरै लगानी चिनियाँहरूको रहेको छ। न्यून रोजगारीमात्र होइन लगानी पनि धेरै नहुने यस्ता क्षेत्रमा विदेशीको आकर्षण बढेको छ। 

पर्यटनमा विदेशी लगानीकर्ताको चासो रहेपनि ठूला होटल तथा अन्य परियोजनाभन्दा पनि साना रेष्टुरेन्टमा धेरै आकर्षण रहेको छ। गत वर्ष विदेशी लगानीका ३७ वटा होटल रेष्टुरेन्ट दर्ता भएका छन्। यसमध्ये पनि पाँचवटामात्र मध्यमस्तरका रहेका छन्। बाँकी सबै ३२ वटा रेष्टुरेन्ट रहेका छन्। 

आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ वटा सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। उद्योग विभागको तथ्यांकअनुसार असारमा सकिएको आर्थिक वर्षभरमा १ अर्ब ७ करोड लगानी प्रतिबद्धता यी उद्योगले गरेका छन्। यसरी दर्ता हुनेमा अधिकांश विदेशी लगानीका रहेका कम्पनी छन्। विभागको तथ्यांकअनुसार गत वर्ष दर्ता भएका १६ मध्ये १२ वटामा पूर्ण विदेशी लगानी रहेको छ भने दुई वटामा स्थानीय साझेदार रहेका छन्। त्यस्तै दुई वटामात्र स्वदेशी लगानीका छन्। 

यी दर्ता भएका १६ कम्पनीले ८९६ जनालाई रोजगारी दिनसक्ने प्रक्षेपण गरेका छन्। लगानी न्यून हुने भए पनि धेरै रोजगारी दिनसक्ने सम्भावना भएका यस्ता कम्पनीमा सय जनासम्मलाई रोजगारी दिनसक्ने उल्लेख गरेका छन्। यसरी धेरै रोजगारी दिनेमा विदेशी लगानीका कम्पनी रहेका छन्। लगानीको अनिवार्य न्यूनतम सीमाका कारणले अधिकांशले दुई करोडभन्दा माथिको प्रतिबद्धतता गरेका छन्। तर यो वर्षदेखि सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानीको सीमा खारेज गर्ने घोषणा गरिसकेको छ। 

गत वर्ष दर्ता भएकोमध्ये सबैभन्दा धेरै रोजगारीको प्रतिबद्धता क्युनिभर्स प्रालिले गरेको छ। यो कम्पनीले सञ्चालनमा आएपछि १०१ जनालाई रोजगारी दिने उल्लेख गरेको छ। पाँच करोड लगानी गर्ने घोषणा गरेको यो कम्पनी काठमाडौंमा दर्ता भएको हो। त्यस्तै ललितपुरमा दर्ता भएक क्लोको नेपाल इन्कले पनि सय जनालाई रोजगारी दिनेछ भने नान्या नेटछ टेलिभिजन एण्ड मिडियाले पनि १०१ जनालाई नै रोजगारी दिने घोषणा गरेको छ। यी दर्ता भएका अधिकांशले सफ्टवेयर डेभलपमेन्ट, एप डेभलप, डेटा माइनिङ र डेटा स्टोरेजको काम गर्ने उल्लेख गरेका छन्। 

पछिल्लो समय सरकारले सूचना प्रविधिको क्षेत्रमा उत्पादन तथा सेवाको क्षेत्रमा काम गर्ने उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। औपचारिक भइ काम गर्दा करमा छुट, विदेशी मुद्रा सटहीमा सहजीकरण तथा विदेशमा शाखा खोल्न पनि सरकारले अनुमति दिने घोषणा गरेको छ।

images

प्रकाशित : बुधबार, साउन २४ २०८००६:३७

प्रतिक्रिया दिनुहोस