शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाइगर प्यालेस खरिद बिक्री : खरिदमा संलग्न एनआरएनए सम्बद्ध सबैलाई निलम्बन गर्नुपर्ने भन्दै उजुरी

बुधबार, भदौ १३ २०८०
टाइगर प्यालेस खरिद बिक्री : खरिदमा संलग्न एनआरएनए सम्बद्ध सबैलाई निलम्बन गर्नुपर्ने भन्दै उजुरी

विषम परिस्थितिमा संस्थाको छबि थप नबिग्रियोस् र अनुसन्धानमा समेत सहयोग पुगोस भनि खरिद प्रक्रियामा संलग्न गैर आवासीय नेपाली संघ सम्बद्ध सबैलाई निलम्बन गर्नुपर्ने माग उल्लेख गरिएको छ। 

काठमाडौं- अदालतले भवन नै भत्काउन आदेश दिएको भैरहवास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस खरिद बिक्रीलाई लिएर उक्त प्रक्रियामा संलग्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बद्ध सबैलाई निलम्बन गर्नुपर्ने भन्दै उजुरी परेको छ। 

एनआरएनए अमेरिकन क्यालिफोर्निया च्याप्टरका आजीवन सदस्य माधब मरासिनीले नेपाल सरकार परराष्ट्र मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकासहितलाई टाइगर प्यालेस खरिद बिक्रीबारेको उजुरी गरेको छ। 

'स्थापना कालदेखि नै विवादमा परेको र पछिल्लो समय कानूनी झमेलासमेत व्यहोरिरहेको भैरहवास्थित पाँच तारे होटल टाइगर प्यालेस यस संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीलगायतको टिमले किनेको र यो खरिद प्रक्रिया बिबादमा परेकोप्रति हामी आजीवन सदस्यहरुको गम्भीर ध्यान आकर्षण भएको छ' उजुरीमा भनिएको छ, 'लगानी गर्नु, व्यापारमा संलग्न हुनु, नाफा कमाउनु मान्छेको अधिकार हो तर यो बिषय सम्मानित अदालतमा विचाराधीन रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भनि संघको समेत बदनाम हुने गरि विभिन्न संचार माध्यम हरुमा समाचारसमेत आएकोले संस्थाको छबिमा समेत कालो धब्बा लाग्ने सम्भावना बढेर गएको छ।'

यसैले विषम परिस्थितिमा संस्थाको छबि थप नबिग्रियोस् र अनुसन्धानमा समेत सहयोग पुगोस भनि खरिद प्रक्रियामा संलग्न गैर आवासीय नेपाली संघ सम्बद्ध सबैलाई निलम्बन गर्नुपर्ने माग उल्लेख गरिएको छ। 

अदालतले भवन नै भत्काउन आदेश दिएको भैरहवास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस गैरआवासीय नेपाल संघ (एनआरएन) अमेरिकाका अध्यक्ष बुद्धिप्रसाद सुवेदी र एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यसहितले खरिद गरेका हुन्। आधा दर्जन लगानीकर्तामार्फत शून्य लागतमा हङकङमा खडा भएको नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी) ले टाइगर प्यालेस किनेको हो। मुद्दाकै बीच खरिद बिक्री हङकङमा भएकोले अर्थपूर्ण कारोबारको रुपमा हेरिएको छ

टाइगर प्यालेस खरिद बिक्रीको विषयमा अहिले आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयले अध्ययन गरिरहेको छ। खरिद बिक्रीका बारेमा आएका सूचना र कम्पनीले पेस गरेका दस्तावेजको अध्ययन भइरहेको कार्यालयले जानकारी दिएको छ। 

एनआरएनएका सदस्यहरूको समूहले बाहिर कम्पनी खडा गरेर नेपाल बाहिर नै डिल गरेको हो। नेपालबाहिर नै खरिद बिक्री हुँदा विगतमा एनसेल खरिद बिक्रीकै जस्तो विवाद आउन सक्ने देखिएको छ।

अदालतको आदेशविपरीत टाइगर प्यालेस हङकङमा बिक्री, एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीको कम्पनीद्वारा ५ अर्बमा खरिद अदालतको आदेशविपरीत टाइगर प्यालेस हङकङमा बिक्री, एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीको कम्पनीद्वारा ५ अर्बमा खरिद  

उपप्रधानमन्त्री खड्का साक्षी राखेर सुवेदी र आचार्यले ओमानमै गरेका थिए टाइगर प्यालेस खरिदको सम्झौता उपप्रधानमन्त्री खड्का साक्षी राखेर सुवेदी र आचार्यले ओमानमै गरेका थिए टाइगर प्यालेस खरिदको सम्झौता

टाइगर प्यालेस खरिद बिक्री : अर्थ मन्त्रालय र राष्ट्र बैंकले चासो दिँदा सेटलमेन्टमा प्रधानमन्त्री कार्यालयको दबाब टाइगर प्यालेस खरिद बिक्री : अर्थ मन्त्रालय र राष्ट्र बैंकले चासो दिँदा सेटलमेन्टमा प्रधानमन्त्री कार्यालयको दबाब

 


प्रकाशित : बुधबार, भदौ १३ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend