शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नक्कली लालपुर्जाबाट १९ करोड ऋण प्रकरण : राष्ट्र बैंकले थाल्यो अनुसन्धान

बिहीबार , कात्तिक २५ २०७८
नक्कली लालपुर्जाबाट १९ करोड ऋण प्रकरण : राष्ट्र बैंकले थाल्यो अनुसन्धान

काठमाडौं- गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको विषयमा नेपाल राष्ट्र बैंकले कुमारी बैंकमाथि छानबिन गर्ने भएको छ।

कुमारी बैंकका कार्यवहाक सीईओ अनुजमणी तिमिल्सिनालाई पनि अनुसन्धानको दायरामा राखिएको छ। राष्ट्र बैंकका प्रवक्ता देव ढकालका अनुसार ऋण प्रवाहको फाइल झिकाएर अनुसन्धान थालिएको हो।  

अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनाका मुख्य अभियुक्त काठमाडौंका कुसन प्रधान रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा डायनिल कम्पनीको नाममा रहेको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको भन्दै अनुसन्धान गरिरहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend