मंगलबार, वैशाख १८ गते २०८१    
images
images

कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

images
images
images
कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो  काम अगाडि बढाएको हो।

images
images

भरतपुर- माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ। बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो  काम अगाडि बढाएको हो।

images
images
images

सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए। उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताए। 

images

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो। निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ। 'संघीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम सुरु गरेका हौँ', नगरप्रमुख महतोले भने, 'सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ।'

images

एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको प्रमुख उनले बताए। यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ। तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन।

images
images

यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताए। सडक निर्माणका लागि पटक-पटक संघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ। यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन्। रासस

images

प्रकाशित : मंगलबार, साउन ९ २०८००४:४७

प्रतिक्रिया दिनुहोस