मंगलबार, वैशाख २५ गते २०८१    
images
images

ईभीमा प्रतिस्पर्धी घराना चौधरी र एमएडब्लू समूहबीच सहकार्य, संयुक्त रुपमा प्रिमियम ब्रान्ड ल्याउन सम्झौता

अवतार टेक्नोलोजीका विद्युतीय कार नेपाल आउने

images
images
images
ईभीमा प्रतिस्पर्धी घराना चौधरी र एमएडब्लू समूहबीच सहकार्य, संयुक्त रुपमा प्रिमियम ब्रान्ड ल्याउन सम्झौता

२०२५ सम्ममा अभतार टेक्नोलोजीले ४ नयाँ मोडल बजारमा ल्याउने जनाएको छ।

images
images

काठमाडौं- विद्युतीय कार व्यापारमा दुई प्रतिस्पर्धी व्यावसायिक घराना एकै ठाउँमा उभिएका छन्। पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी भित्र्याउन चौधरी समूह र एमएडब्लू समूहबीच प्रतिस्पर्धा नै चलेको छ। दुवै समूह एकपछि अर्को नयाँ चिनियाँ ब्रान्ड ल्याउने घोषणा गर्दै गइरहेको छ। 

images
images
images

हालै भने यी दुई समूहबीच एउटा नयाँ परिदृश्य देखिएको छ। चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रुपमा नयाँ चिनियाँ प्रिमियम विद्युतीय सवारी ल्याउने भएका छन्। यसैसाता चिनियाँ सवारी उत्पादक कम्पनी चाङगनको धेरै स्वामित्व भएको अवतार टेक्नोलोजीका प्रिमियम विद्युतीय कार संयुक्त रुपमा नेपाल ल्याउनेगरी सम्झौता भएको हो। 

images

चौधरी समूह र एमएडब्लू समूहबीच समान हिस्सेदारीमा नयाँ कम्पनी स्थापना गरेर अवतार टेक्नोलोजीले उत्पादन गरेको प्रिमियम विद्युतीय सवारी नेपाल ल्याइने छ। अवतारका प्रिमियम विद्युतीय सवारी तत्काल भने नेपाल आइहाल्ने छैन। अवतारको विद्युतीय सवारी राइट ह्यान्ड मोडल सन् २०२५ मा मात्र आउने छ। २०२५ को मध्यसम्ममा अवतारका विद्युतीय सवारी नेपाली बजारमा आइपुग्ने अनुमान गरिएको छ। 

images

चौधरी समूहले पछिल्लोपटक अटोमोबाइल व्यापारमा प्रवेश गरेको दुई वर्षमै ठूलो सफलता हात पारिसकेको छ। करिब एक दर्जन चिनियाँ विद्युतीय सवारी ब्रान्ड ल्याउन सम्झौता गरिसकेको छ भने ६/७ वटा ब्रान्डका विद्युतीय सवारी बिक्री गरिरहेको छ।

images
images

चौधरी समूहअन्तर्गतको सीजी मोटर्स भारतीय दुईपांग्रे ब्रान्ड हिरो मोटोकर्पको समेत आधिकारिक बिक्रेता नियुक्त भएर नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गरेर बिक्री सुरु गरिसकेको छ। 

हाल सीजी मोटर्सले होजोनको निटा, जीएसीको आयोन, केवाईसी र किङलङका विद्युतीय भ्यान ल्याएर बिक्री गरिसकेको छ। त्यस्तै स्मार्ट, एक्सपाङ, लोटसलगायत ब्रान्डको आधिकारिक बिक्रेता नियुक्त भएर कार ल्याउने प्रक्रियामा रहेको छ। 

त्यस्तै एमएडब्लू समूहअन्तर्गत आईसी इन्जिनका एक दर्जनभन्दा बढी ब्रान्डका सवारी बिक्री गर्दै आएको छ। यसका साथै एमएडब्लू समूह विद्युतीय सवारी आयातमा पनि आक्रामक देखिएको छ। एमएडब्लू वृद्धि अटोकर्पले चाङगनको सब-ब्रान्ड दीपल, फोटोनका विद्युतीय भ्यान, सेरेका विद्युतीय कार बिक्री गरिरहेको छ। यसका साथै एमएडब्लूले नामी, लिपमोटरलगायत ब्रान्ड ल्याउने सम्झौता गरेर आयात गर्ने प्रक्रियामा रहेको छ।

Avatr Logo.jpg

अवतार टेक्नोलोजी 

अवतार टेक्नोलोजी कम्पनी लिमिटेड सन् २०१८ मा स्थापना भएको हो। सुरुमा चाङगन र नियोबीच समान ५०/५० प्रतिशत हिस्सेदारी रहनेगरी संयुक्त कम्पनी बनेको थियो। तर त्यसको दुई वर्षपछि सो कम्पनीबाट नियोले हात झिक्यो। त्यसपछि चाङगनले ४०.९९ प्रतिशत हिस्सा आफूसँग राखेर सीएटीएललगायत विभिन्न सरकारी तथा अन्य कम्पनीलाई सेयर बिक्री गरेको थियो।

अवतारमा सीएटीएलको १४.१ प्रतिशत हिस्सेदारी रहेको छ। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी हो। 

अवतार टेक्नोलोजीले चिनियाँ प्रविधि जायन्ट हुवावेसँग पनि सहकार्य गरेको छ। हुवावे अवतारको संस्थापकमध्येको एक कम्पनीसमेत हो। 

२०२२ मा अवतारको पहिलो विद्युतीय कार 'अवतार ११' सार्वजनिक भएको थियो। मिडसाइज एसयूभी सेगमेन्टको यो कार निकै आकर्षक रहेको छ।

त्यस्तै सेडान सेगमेन्टमा अवतारको दोस्रो कार 'अवतार १२' २०२३ मा सार्वजनिक भएको थियो। अवतारका विद्युतीय सवारीको मूल्य ५० हजार अमेरिकी डलरभन्दा माथि रहेको छ।

avatr 11.jpg

२०२५ सम्ममा अवतार टेक्नोलोजीले ४ नयाँ मोडल बजारमा ल्याउने जनाएको छ। 

चाङगन अटोमोबाइल, हुवावे र सीएटीएल मिलेर अवतार ब्रान्डका लागि ‘सीएचएन’ प्लेटफर्म विकास गरेको छ। यो प्लेटफर्ममा ६ तहको मेकानिकल लेयर, इनर्जी लेयर, इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल आर्किटेक्चर लेयर, भेहिकल अप्रेटिङ सिस्टम लेयर, भेहिकल फङसन एप्लिकेसन लेयर र क्लाउड बिग लेयर रहेको छ। 

२०२३ मा अवतारले २७ हजार ७ सय वटा विद्युतीय कार बिक्री गरेको थियो। 

images

प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१०५:४५

प्रतिक्रिया दिनुहोस