बिहीबार , वैशाख २७ गते २०८१    
images
images

८ खर्ब ७३ अर्ब लागत अनुमानसहित लगानी सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि सोकेस

images
images
images
८ खर्ब ७३ अर्ब लागत अनुमानसहित लगानी सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि सोकेस

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एसियाको सबैभन्दा व्यस्त विमानस्थल बन्ने सम्भावना हुने समेत बोर्डको रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनमा बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि सोकेसमा राखिने भएको छ। ८ खर्ब ७३ अर्ब लागत अनुमानसहित सोकेसमा राख्न लागिएको हो।

images
images
images

आइतबारदेखि सुरु हुने सम्मेलनमा निजनगढ विमानस्थल पनि सोकेसमा राख्न लागिएको हो। अन्तिम सयममा निजनगढ विमानस्थललाई समेत सोकेसमा राखिएको छ।

images

तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंको सुरु हुँदै छ। सम्मेलनमा १५ सयभन्दा बढीको उपस्थित हुने छ। सम्मेलनको सबै व्यवस्थापन लगानी बोर्डले गरे‍को छ।

images

लगानी बोर्डले सम्मेलनमा प्रस्तुत गरिने प्रोजेक्ट बैंक तयार पारेको छ। सम्मेलनमा १ सय ५१ वटा आयोजना प्रस्तुत हुनेछ। जसमा नेपालका लागि अत्यावश्यक रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसमेत राखिएको छ। 

images
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई फुल फेजको अन्तर्राष्ट्रिय विमासस्थल ३ चरणमा गरेर निर्माण गर्नेगरी बोर्डले सम्मेलनका लागि तयार पारेको प्रोजेक्ट बैंकमा राखेको छ। बोर्डले सन् २०३० सम्ममा नेपालको वार्षिक अन्तर्राष्ट्रिय हवाई यातायात २ करोड यात्रु पुग्ने अनुमान गर्दै विमानस्थल निर्माणको परियोजना समावेश गरेको हो। बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत व्यवस्थापन गर्ने दिने गरी प्रोजेक्ट बैंकमा राखेको छ।  

द्रुत रूपमा बढ्दो हवाई यातायातको मागलाई समायोजन गर्न विश्वस्तरीय विमानस्थलको विकास गर्न  निजगढ ग्रीनफिल्ड आयोजना भएकाले स्पष्ट आर्थिक व्यवहार्यता नहुन सक्‍ने भन्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दुवैलाई बन्डल गर्ने प्रस्ताव गर्न लागेको हो। जहाँ निजगढको निर्माणसँगै 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  क्षमता अभिवृद्धि गर्न मद्दत गर्दछ' बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

सार्वजनिक निजी साझेदारी अन्तर्गत एकल परियोजनाको रूपमा विकास गरिने बोर्डले जनाएको छ। निजी क्षेत्रका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राम्रो राजस्व तथा व्यापारमा सहज हुने छ। जसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्छ उसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा पनि काम गर्ने छ। 

निजगढको विकासको लागि निजी क्षेत्रले त्रिभुवन विमानस्थलको राजस्व पुँजी लागतको रूपमा प्रयोग गर्न सक्ने बोर्डले जनाएको छ। बढ्दो हवाइ यात्रुको माग सम्बोधन तथा विश्वका जुनसुकै देशमा सीधा उडानका लागि पनि निजगढ विमानस्थल आवश्यक रहेको छ। साथै विमानस्थल नेपाललाई गन्तव्यका रूपमा मात्र ट्रान्जिट बिन्दुका रूपमा विकास गर्ने सकिने बोर्डले सार्वजनिक गरेको विवरणमा छ। 

विमानस्थ निर्माणको कुल लागत अनुमान ६ हजार ५ सय  ५० मिलियन डलर गरिएको छ। जसमा पहिलो फेजका लागि ५ सय ५४ मिलियन डलर, दोस्रो फेजका लागि २ हजार ५ सय ५३ मिलियन डलर र तेस्रो फेजमा लागि ३ हजार ४ सय ६७ मिलियन डलरको लागत गरिएको छ।

समग्रमा आयोजनाको लागत ८ खर्ब ७३ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यो विमानस्थल निर्माणसँगै त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको आयु बढाउने बोर्डले जनाएको छ। रोजगारी सृजनासँगै उच्च सम्भावना भएको हवाई सहरमा परिणत गर्ने क्षमता विकास हुनेछ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एसियाको सबैभन्दा व्यस्त विमानस्थल बन्ने सम्भावना हुने समेत बोर्डको रिपोर्टमा उल्लेख छ।

ठूलो मात्रामा कार्गो व्यवसायको लागि ठूलो अवसरहरू प्रदान गर्ने समेत बोर्डले जनाएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि देशको राजस्व संकलमा उत्साह सुरु हुनेछ। विमानस्थलमा ३६ सय मिटर लामो र ४५ मिटर चौडाईको २ वटा रनवे निर्माण हुने छ। जहाँ एयसबस ३८० अवतरण गर्न सकिनेछ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शून्य भिजिबिलिटीमा जहाज अवतरण हुने छ।

images

प्रकाशित : शनिबार, वैशाख १५ २०८१०५:५५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend