बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पौने ९ खर्ब लागत अनुमान गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक रेसोनाको प्रस्ताव

सोमबार, वैशाख १७ २०८१
पौने ९ खर्ब लागत अनुमान गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक रेसोनाको प्रस्ताव

बाेर्डले अन्तिम समयमा निजगढ विमानस्थल पनि साेकेसमा राखेकाे थियाे। १५४ परियाेजना साेकेस गरिएकाेमा सबैभन्दा ठूलाे परियाेजना निगगढमा जापनी बैंकले प्रस्ताव गरेकाे हाे।

काठमाडौं- तेस्राे लगानी सम्मेलनमा साेकेसमा राखिएकाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जापानकाे रेसाेना बैंकले लगानी गर्न प्रस्ताव गरेकाे छ।  

 लगानी सम्मेलनमा जापानी बैंकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेकाे बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

'निजगढ विमानस्थल निर्माणको इच्छा जाहेर गर्दै प्रस्ताव गरेकाे छ,' प्रवक्ता उपाध्यायले भने। दुई दिनदेखि जारी सम्मेलन साेमबार सकिएकाे छ।

बाेर्डले अन्तिम समयमा निजगढ विमानस्थल पनि साेकेसमा राखेकाे थियाे। १५४ परियाेजना साेकेस गरिएकाेमा सबैभन्दा ठूलाे परियाेजना निगगढमा जापनी बैंकले प्रस्ताव गरेकाे हाे। 

तेस्रो लगानी सम्मेलनमा बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि सोकेसमा राखिएको थियो। ८ खर्ब ७३ अर्ब लागत अनुमानसहित सोकेसमा राख्न लागिएको थियो। 

समग्रमा आयोजनाको लागत ८ खर्ब ७३ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यो विमानस्थल निर्माणसँगै त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको आयु बढाउने बोर्डले जनाएको छ। रोजगारी सृजनासँगै उच्च सम्भावना भएको हवाई सहरमा परिणत गर्ने क्षमता विकास हुनेछ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एसियाको सबैभन्दा व्यस्त विमानस्थल बन्ने सम्भावना हुनेसमेत बोर्डले प्रस्ताव गरेको परियोजना रिपोर्टमा उल्लेख छ।

ठूलो मात्रामा कार्गो व्यवसायको लागि ठूलो अवसरहरू प्रदान गर्ने समेत बोर्डले जनाएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि देशको राजस्व संकलमा उत्साह सुरु हुनेछ।

विमानस्थलमा ३६ सय मिटर लामो र ४५ मिटर चौडाईको २ वटा रनवे निर्माण हुने छ। जहाँ एयसबस ३८० अवतरण गर्न सकिनेछ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शून्य भिजिबिलिटीमा जहाज अवतरण हुने छ।


प्रकाशित : सोमबार, वैशाख १७ २०८१२२:२२
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend