शनिबार, मंसिर १५ गते २०८१    
images
images

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काँकरभिट्टा-लौकही सडक स्तरोन्नति थालियो

images
शनिबार, वैशाख ८ २०८१
images
images
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काँकरभिट्टा-लौकही सडक स्तरोन्नति थालियो

काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ।

images
images

बेलबारी- पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा-लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ।

images
images
images

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ।

images

काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ। आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ।

images

काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ।

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने एक सय ३५ वटा कल्भर्ट बन्ने छन्। ‘पाइल फाउन्डेसन’ विधिबाट केर्खा खोला र कमल खोलामा पुल निर्माण भइरहेको र ३५ वटा कल्भर्ट निर्माण जारी रहेको प्रमुख सुनिलबाबु पन्तले बताए।

सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुखमध्ये ७५ प्रतिशत काटिएका छन्। वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार काम जारी छ।

इटहरिस्थित आयोजना कार्यालयका  अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलग-अलग ठेक्का लगाइएको छ। निन्दा, विरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रामा पुल बनाउन ठेक्का लागेको छ। यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन्।

उक्त सडकलाई बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्रमा विभाजन गरिएको छ। बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा सडक बन्नेछ। सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ।

तीन सय मिटरभन्दा लामा पुल बन्ने स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend