बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

काठमाडौं बाहिर पहिलो ट्रमासेन्टर बर्दघाटको चिसापानीमा खुल्दै, निर्माण प्रक्रिया अगाडि बढ्यो

विकासमा राजनीति गर्न खोज्नेहरु असफल भए- सांसद विनोद चौधरी

images
सोमबार, वैशाख १७ २०८१
images
काठमाडौं बाहिर पहिलो ट्रमासेन्टर बर्दघाटको चिसापानीमा खुल्दै, निर्माण प्रक्रिया अगाडि बढ्यो

निर्माण प्रक्रियामा सर्वदलिय आधारमा आयोजना अगाडि बढाउनुपर्नेमा सांसद चौधरीले जोड दिएका छन्। सहरी विकास मन्त्रालयअन्तर्गतको सघीय सहरी तथा भवन निर्माण योजना चितवनले १५ करोड बजेट लागतको वहुवर्षीय ठेक्काअन्तर्गत टेन्डर आह्वान गरेको थियो।

images
images

काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमामा काठमाडौंपछिकै पहिलो सुविधासम्पन्न ट्रमा सेन्टर  निर्माण प्रक्रिया अगाडि बढेको छ। सांसद विनोद चौधरीको पहलमा अघि बढेको अस्पतालबाट छिट्टै सेवा दिनेगरी काम गर्न निर्देशनसमेत दिएका छन्। 

images
images
images

निर्माण प्रक्रियामा सर्वदलीय आधारमा आयोजना अगाडि बढाउनुपर्नेमा सांसद चौधरीले जोड दिएका छन्। सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सहरी तथा भवन निर्माण योजना चितवनले १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्काअन्तर्गत टेन्डर आह्वान गरेको थियो। 

images
images

नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता चौधरीको पहलमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान भएको हो। चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिबद्धताअनुसार काम अगाडि बढेको हो।

images
images

‘पटक पटकको अवरोधकाबीच आयोजना अगाडि बढेको छ, अनेक प्रपञ्चकाबीच अस्पतालले मुर्त रुपमा पाउन लागेको छ,’ सांसद चौधरीले भने। चुनावमा भोटको राजनीति गर्नुपर्नेमा विकासमा समेत गरिएको सांसद चौधरीले बताए। कदम कदमा रोक्ने प्रयासकाबीचमा पनि नगरपालिका देखि सवै स्थानीय तह र जनताको परिश्रमले आयोजना अगाडि बढेको सांसद चौधरीले बताए। 

अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको वहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सहरी तथा भवन निर्माण योजना, चितवनले बनाएको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो। 

trama.jpg


निर्वाचनका बेला चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धताअनुसार सांसद चौधरीको पहलपछि भवन निर्माणको कामले सार्थकता पाएको हो। अस्पतालमा ५० शैयाको अस्पताल बनाउने अभियान सफल हुनेसमेत सांसद चौधरीले बताए। 

आव २०८२/०८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथ भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ।

चिसापनी अस्तापलमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरूबाट थुप्रै अवरोधहरू भए पनि विनोद चौधरी तथा उनको सचिवालयबाट निरन्तर प्रयासको फलस्वरूप यो स्वीकृतिको सफलता प्राप्त भएको भन्दै स्थानीयसमेत खुसी भएका छन्।

सांसद चौधरीले चुनावको समयमा जनतासँग गरेको वाचामध्येको यो ट्रमा अस्पताल निर्माण पनि एक हो। उनले यसलाई गौरवको आयोजनाको रूपमा राखेका छन्।


प्रकाशित : सोमबार, वैशाख १७ २०८१२०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend