बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सवारी प्रदूषण मापदण्ड १३ वर्षपछि स्तरोन्नति : चारपांग्रेमा युरो सिक्स, दुईपांग्रेमा युरो फाइभ

मंगलबार, असार १० २०८२
सवारी प्रदूषण मापदण्ड १३ वर्षपछि स्तरोन्नति : चारपांग्रेमा युरो सिक्स, दुईपांग्रेमा युरो फाइभ

ट्रयाक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एस्काभेटरजस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीसाधनमा भने उक्त मापदण्ड लागु नहुने 'सवारी प्रदूषण मापदण्ड २०८२' मा उल्लेख छ।

काठमाडौं- सरकारले नेपालमा आयात हुने सवारीसाधनका लागि प्रदूषण मापदण्ड स्तरोन्नति गर्दै युरो सिक्स लागु गरेको छ।

सरकारले सवारी साधनबाट हुने प्रद‍ुषणबाट र त्यसबाट हुने असर न्यूनीकरणका लागि भन्दै नेपाल सवारी सञ्चालन प्रदुषण मापदण्ड जारी गरेको हो। सरकारले दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो फाइभ र चारपांग्रे सवारीसाधनको हकमा युरो सिक्स मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी मापदण्ड जारी गरेको हो।

ट्रयाक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एस्काभेटरजस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीसाधनमा भने उक्त मापदण्ड लागु नहुने 'सवारी प्रदूषण मापदण्ड २०८२' मा उल्लेख छ। 

नेपालमा एसेम्बल वा पैठारी गरिने सवारीसाधन तथा पार्टपुर्जामा समेत नयाँ मापदण्ड लागु हुने छ।

२०६९ मा युरो थ्रीसहरको मापदण्ड कार्यान्यन गर्दा दुई वर्षमा युरो फोर कार्यान्वयन गर्ने भनिएको थियो तर १३ वर्षपछि सरकार बल्ल युरो सिक्समा गएको हो। 

सरकारले २०५६ मा पहिलोपटक वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागु गरेको थियो। उक्त मापदण्ड युरो वानसरह थियो। सो मापदण्ड २०६९ सालमा परिमाार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागु भयो। जुन युरो थ्रीसरहको मापदण्ड थियो।

प्रकाशित : मंगलबार, असार १० २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend