मंगलबार, वैशाख १८ गते २०८१    
images
images

यी हुन् धेरै आयात हुने १० वस्तु

images
images
images
यी हुन् धेरै आयात हुने १० वस्तु

विभागका अनुसार गएको वर्ष आयात १६.०८ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष १९ खर्ब २० अर्बको आयात भएको थियो। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०८९/८० मा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ तथा अन्य खनिजजन्य पदार्थको आयात भएको छ। भन्सार विभागका अनुसार ३ खर्ब ५२ अर्ब ७१ करोड रूपैयाँको पेट्रोलियम तथा खनिजको आयात भएको छ। 

images
images
images

त्यस्तै दोस्रो धेरै आयात हुने सूचीमा फलाम तथा स्टिल रहेको छ। गएको वर्ष १ खर्ब ४० अर्ब ९६ करोडको फलाम तथा स्टिल आयात भएको छ। विभागका अनुसार १ खर्ब १ अर्बको विद्युतीय सामग्रीको आयात भएको छ भने १ खर्ब ९७ करोडको यन्त्र उपकरण आयात भएको छ। 

images

घिउ तेलको आयात गत वर्ष ८६ अर्ब ८१ करोड रूपैयाँको भएको छ भने ६० अर्ब रूपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको आयात भएको छ। 

images

गत वर्ष ५६ अर्ब ६२ करोडको खाद्यान्न आयात भएको छ। विभागका अनुसार ५१ अर्ब ९६ करोडको सवारी साधान तथा पार्टसको आयात भएको छ भने ५१ अर्ब ५३ करोडकै सुनचाँदी आयात भएको छ। 

images
images

४४ अर्ब ६४ करोड रूपैयाँको औषधि आयात भएको छ। 

विभागका अनुसार गएको वर्ष आयात १६.०८ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष १९ खर्ब २० अर्बको आयात भएको थियो। 

आयातसँगै गत वर्ष निर्यात पनि २१.४४ प्रतिशतले घटेको छ। गएको वर्ष १ खर्ब ५७ अर्ब रूपैयाँको निर्यात भएको छ। योसँगै कुल वैदेशिक व्यापार पनि १६ प्रतिशतले संकुचित भएर १७ खर्ब ६८ अर्बमा सीमित भएको छ। आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १५ प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब रूपैयाँमा सीमित भएको छ। 

images

प्रकाशित : सोमबार, साउन ८ २०८०१०:०५

प्रतिक्रिया दिनुहोस