बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मौद्रिक नीतिको समीक्षा : ठूलो परिवर्तन भएन, बैंक दरलाई एक प्रतिशत घटाइयो

शुक्रबार, वैशाख २९ २०८०
मौद्रिक नीतिको समीक्षा : ठूलो परिवर्तन भएन, बैंक दरलाई एक प्रतिशत घटाइयो

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। नीतिगत दरमा परिवर्तन नगरी समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएको छ। अब बैंकदर ७.५ प्रतिशत कायम भएको छ। यसले निक्षेप तथा ऋणको ब्याज घटाउन सहयोग पुग्नेछ।

बैंक तथा वित्तीय संस्थाले ऋणपत्र गणनाका कारण ऋण लगानी रोकिरहेकोमा यसमा राष्ट्र बैंकले बाटो खोलिदिएको छ। ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोतका रुपमा समेत गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्मलाई निरन्तरता दिइएको छ।

राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाएको छ।

चालु पुँजी कर्जालाई ब्याज नियमित रहेको अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिएको छ। 

यस्तो छ समीक्षा


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend