बिहीबार , जेठ ३ गते २०८१    
images
images

अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष

उमेशलाल र अञ्जनबीच सहमति

images
बिहीबार , चैत ३० २०७९
images
images
अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष
images
images

काठमाडौं- अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनेका छन्। दोस्रो चरणको निर्वाचनअघि नै उमेशलाल श्रेष्ठ र अञ्जनबीच सहमति भएपछि अञ्जन वरिष्ठ उपाध्यक्ष भएका हुन्। 

images
images
images

बुधबार भएको निर्वाचनबाट तीनैजनाले ५० मत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने तय भएको थियो। दोस्रो चरणको निर्वाचनमा अञ्जन र उमेशबीच प्रतिस्पर्धा तय भएको थियो। 

images

पहिलो चरणमा पहिलो स्थानमा रहेका अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा छाड्नका लागि उमेशलाल तयार भएसँगै दोस्रो चरणको निर्वाचनबिनै अञ्जन उपाध्यक्षमा निर्वाचित भएका छन्। 

images
images

दुई पक्षलाई पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षले सहमतिका लागि छलफल गरेका थिए। छलफलका क्रममा रामचन्द्र संघई पक्षले अञ्जनलाई खुलस्त सहयोग गर्ने राय राखेपछि उमेशलाल पक्ष अञ्जनलाई छाड्न तयार भएको हो। 

images
images

यो सहमतिपछि उमेशलाललाई विशिष्ट सदस्यका रुपमा महासंघमा आउनेछन्। तर तीन वर्षपछि अञ्जन भने महासंघको अध्यक्ष हुनेछन्। 

पहिलो चराणमा अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत ल्याएका थिए। त्यस्तै उमेशलालले ३१.४९ प्रतिशत र रामचन्द्र संघईले ३०.१९ प्रतिशत मत ल्याएका थिए। 

कुल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका थिए। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३ अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ। यसअनुसार अञ्जनको १०.६६, उमेशको ७.९ र संघईको सबैभन्दा बढी ११.४ प्रतिशत छ। त्यस्तै जिल्ला नगरमा कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ। यस अनुसार अञ्जनको २०.६१, उमेशको  १२.२८ र संघईको १७.१० प्रतिशत थियो। त्यस्तै वस्तुगतमा उमेशले ६९, अञ्जनले ४१ र संघईले १२ मतमात्र पाएका थिए।

कुल मतमा २० प्रतिशत भार हुने यो क्लस्टरमा संघईले जम्मा १.९६ प्रतिशत ल्याएका थिए। यसमा सबैभन्दा धेरै उमेशले ११.३१ प्रतिशत र अञ्जनले ६.७२ प्रतिशत ल्याएका थिए।  


प्रकाशित : बिहीबार , चैत ३० २०७९११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend