बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जीवन लघुवित्तको जस्तै नेष्डोका लगानीकर्ता मारमा पर्ने खतरा, राष्ट्र बैंककाे त्रासले सेयर मूल्यमा पहिरो

सोमबार, चैत १३ २०७९
जीवन लघुवित्तको जस्तै नेष्डोका लगानीकर्ता मारमा पर्ने खतरा, राष्ट्र बैंककाे त्रासले सेयर मूल्यमा पहिरो

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांशमा कडाइ गरिरहेका बेला नेष्डो समृद्ध लघुवित्तले लगानीकर्ता झुक्याउने गरी लाभांश घोषणा गरेको छ। नेष्डोले उच्च लाभांश घोषणा गर्दा लगानीकर्ता हौसिएर धेरै मूल्यमा सेयर खरिद गर्न सक्दछन्। पछि राष्ट्र बैंकले संसोधन गर्दा लगानीकर्ता फस्ने निश्चित छ।   

आइतबार नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश प्रस्ताव गरेको छ। पहिलो लाभांशका लागि लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत घोषणा गरेको हो।

राष्ट्र बैंकले घटाउने डरमा लगानीकर्ता उल्टो सेयर बिक्री गर्दा एकै दिन प्रतिकित्ता २०६ रुपैयाँले घटेको छ। कम्पनीको सेयर मूल्य घटेर २२३४ रुपैयाँमा कारोबार भएको छ। एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य ३७ सयभन्दा माथि थियो। राष्ट्र बैंकको कडाईसँगै लगातार सेयर मूल्य घट्दै आएको छ। 

nesdo.JPG

राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा मापदण्ड तोकिदिएको छ। जसअनुसार १५ प्रतिशतभन्दा बढी वितरण गर्नुपरे सम्बन्धित लघुवित्तले १५ प्रतिशतभन्दा बढीको लाभांश रकम बेग्लाबेग्लै कोषहरूमा सञ्चित गर्नुपर्छ। धेरै लाभांश घोषणा गरेको जीवन लघुवित्तका लगानीकर्ता मारमा परेका छन्। यस्तै मार नेष्डोका लगानीकर्ता पर्ने निश्चित छ। 

सञ्चालक समितिले ५० प्रतिशत बोनस सेयर दिने निर्यण गरेको छ। बाँकी २३.६८ प्रतिशत नगद हो। कर प्रयोजनको रकम पनि नगदमै समावेश गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ छ। लाभांशको सहायतामा लघुवित्तले चुक्ता पुँजी बढाउने निर्णय गरेको हो। प्रस्तावित बोनस वितरण पछि चुक्ता पुँजी १२ करोड ७५ लाख रुपैयाँले बढ्नेछ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले अहिले घटेर १५ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांशमा कडाइ गरेपछि जीवन विकासको लाभांश ७९ प्रतिशत सम्म घटेको छ। गत फागुन १० गते राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई निर्देशन दिँदै १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गरे जगेडामा रकम सञ्चित गर्नुपर्ने व्यवस्था गरेको छ।

लघुवित्तमा समस्या देखिएसँगै राष्ट्र बैंकको ८ बुँदे निर्देशन, लाभांश वितरणदेखि ऋण विस्तारमा कडाइ लघुवित्तमा समस्या देखिएसँगै राष्ट्र बैंकको ८ बुँदे निर्देशन, लाभांश वितरणदेखि ऋण विस्तारमा कडाइ

जीवन विकास लघुवित्त सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमध्ये लघुवित्तले चुक्ता पुँजीको २८ प्रतिशतले हुन आउने २८ करोड ९५ लाख बराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ९.३६ प्रतिशतले हुन आउने ८ करोड ६८ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

तर, त्यसको दुई दिन नबित्दै राष्ट्र बैंकले लघुवित्तका लाभांशमाथि कडाइ गर्दै नयाँ निर्देशन जारी गर्‍यो। नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले जीवन विकासलाई संशोधन गरेर मात्र स्वीकृति दियो। गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४.९९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति दिएको हो।

राष्ट्र बैंकको निर्देशनकाे असर : लघुवित्तकाे लाभांश धमाधम घट्दै, कुनको कति? राष्ट्र बैंकको निर्देशनकाे असर : लघुवित्तकाे लाभांश धमाधम घट्दै, कुनको कति?

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड छ। गत आर्थिक वर्षको नाफाबाट अब कम्पनीले चुक्ता पुँजीको १४.२८ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने सो बोनस सेयर प्रयोजनका लागि ०.७१ प्रतिशतले हुन आउने ७३ लाख बराबरको नगद लाभांश वितरण गर्ने तयारीमा छ।

जीवन विकासले आर्थिक वर्ष अर्थात २०७७/७८ मा लगानीकर्ताहरूलाई ७३.६८ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।


प्रकाशित : सोमबार, चैत १३ २०७९०२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend