बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्र बैंकको निर्देशनकाे असर : लघुवित्तकाे लाभांश धमाधम घट्दै, कुनको कति?

बिहीबार , फागुन २५ २०७९
राष्ट्र बैंकको निर्देशनकाे असर : लघुवित्तकाे लाभांश धमाधम घट्दै, कुनको कति?

धमाधम लाभांश स्वीकृत गराएर लगानीकर्तालाई वितरण गर्ने समयमै राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गरेसँगै लगानीकर्तामा त्रास देखिएको छ। जसको असर दोस्रो बजारमा समेत परेको छ। 

काठमाडौं- लघुवित्तहरूमा समस्या देखिएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले ८ बुँदे निर्देशन जारी गरेको थियो। जुन निर्देशनअनुसार लाभांश वितरणमा कडाइ गरेको छ।

वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ। 

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

नियामक निकाय नेपाल राष्ट्र बैंकले लगानीकर्तालाई लाभांश वितरणमा कडाइ गरेको थियो। धमाधम लाभांश स्वीकृत गराएर लगानीकर्तालाई वितरण गर्ने समयमै राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गरेसँगै लगानीकर्तामा त्रास देखिएको छ। जसको असर दोस्रो बजारमा समेत परेको छ। 

राष्ट्र बैंकको नयाँ निर्देशनसँगै लघुवित्त कम्पनीहरूले लाभांश संशोधन गर्नुपर्ने भएको छ। लाभांश लिनका लागि दोस्रो बजारबाट सेयर खरिद गर्ने लगानीकर्ता भने तत्कालका लागि मारमा पर्ने निश्चत भएको छ। अहिलेसम्म ४७ लघुवित्तले लाभांश घोषणा गरेकोमा ३३ वटा लघुवित्तले नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत गराएर साधारण सभाको मिति समेत घोषणा गरिसकेको छ। ३३ मध्ये २३ लघुवित्त कम्पनीको बुक क्लोजसमेत भइसकेको छ।

बुक क्लोजको मिति घोषणा गर्न बाँकी १३ वटा लघुवित्तमध्ये ८ वटाको लघुवित्त १५ प्रतिशतभन्दा बढी रहेको छ। ८ वटामध्ये पनि २ वटा लघुवित्तले यसअघि नै लाभांश दर संशोधन गरेर घटाइसकेको छ। निर्देशनपछि नेसनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरे पनि संशोधन गरेर ३४.४५ प्रतिशतमा झारेको छ। 

लाभांश संशोधन गर्दा पनि जीवन विकास लघुवित्तको लाभांश ३३.१५ प्रतिशत पुगेको छ। जुन राष्ट्र बैंकले तोकेको १५ प्रतिशतभन्दा बढी हो। जीवन विकासले २६ प्रतिशत बोनस र ७.१५ प्रतिशत नगद लाभांश गरेर सो लाभांश प्रस्ताव गरेको हो। यसअघि उक्त लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

आशा लघुवित्त वित्तीय संस्थाले भने राष्ट्र बैंकले भने बमोजिम नै लाभांश दर संशोधन गरेर १५ प्रतिशतमा झारेको छ। जसमध्ये १४.२८ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। यस अघि लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो।

लाभांश घोषणाकै कारणले सेयर मूल्यमा उछाल आएको जाल्पा लघुवित्तको सेयर मूल्य राष्ट्र बैंकको निर्देशनसँगै घटेर २३७५ रुपैयाँमा झरेको छ। जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश गरी ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो। घोषणसँगै सेयर मूल्य बढेर ३७७० रुपैयाँसम्म पुगेको थियाे।

अहिलेसम्म सबैभन्दा धेरै लाभांश घोषणा जाल्पा सामुदाायिक लघुवित्त वित्तिय संस्थाले गरेको छ। जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३.८४ प्रतिशत नगद लाभांश गरी ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो। 

त्यसबाहेक माहुली, सामु्दायिक, कालिका र नयाँ सारथीले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ। माहुुलीले २५ प्रतिशत, सामुदायिकले २१.५३, कालिका र नयाँ साथीले २०/२० प्रतिशत लाभांश घोषणा गरेको छ। विजय लघुवित्तको लाभांश पारित भइसकेको छ। 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend