बिहीबार , कात्तिक ८ गते २०८१    
images
images
जनगणनाको नतिजा

आफ्नै घर हुने नेपालीको हिस्सा बढ्यो 

images
शुक्रबार, चैत १० २०७९
images
images
आफ्नै घर हुने नेपालीको हिस्सा बढ्यो 

पछिल्लो दश वर्षमा भाडामा बसोबास गर्नेहरूको सख्या वृद्धि भए पनि हिस्सा भने स्थिर देखिएको छ।

images
images

काठमाडौं- पछिल्लो दश वर्षमा आफ्नै घरमा बसोबास गर्ने परिवारको हिस्सा बढेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार पछिल्लो दश वर्षमा आफ्नै घरमा बस्ने परिवारको हिस्सा बढेको हो।

images
images
images

पछिल्लो जनगणना अनुसार नेपालमा कुल ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन्। यीमध्ये कूल ८६ प्रतिशत आफ्नै घरमा बसोबास गर्छन्।

२०६८ सालको जनगणनामा यस्तो हिस्सा जम्मा ८५ प्रतिशत थियो।

images
Households by ownership of housing unit.png

पछिल्लो दश वर्षमा भाडामा बसोबास गर्नेहरूको सख्या वृद्धि भए पनि हिस्सा भने स्थिर देखिएको छ। २०७८ मा कूल परिवारमध्ये १२.८ प्रतिशत परिवार भाडामा बसोबास गर्ने गरेको पाइएको छ। २०६८ सालमा पनि भाडामा बस्ने परिवारको हिस्सा १२.८१ प्रतिशत नै थियो।

images

२०७८ सालको जनगणना अनुसार यो ०.६ प्रतिशत परिवार संस्थागत घरमा बसोबास गर्ने गरेको पाइएको छ भने ०.७ प्रतिशत अन्य प्रकारका हाउजिङ युनिटमा बसोबास गरिरहेका छन्। 

२०६८ देखि २०७८ को मंसिरसम्मको बीचमा नेपालमा २३ प्रतिशत परिवार संख्या बढेको छ। २०६८ सालमा नेपालमा कूल ५४ लाख २३ हजार २९७ परिवार थिए। 

परिवार संख्यामा वृद्धि र परिवारको औसत आकार भने घटेको छ। २०६८ को तुलनामा २०७८ मा परिवारको आकार घटेको पाइएको छ। 

२०६८ मा परिवारको औसत आकार पाँच जनाभन्दा बढीको सदस्य थियो। तर २०७८ मा आएर ४.३७ जना रहेको छ। पहाडी क्षेत्रमा सबैभन्दा सानो परिवार आकार औसत ३.९९ जना र सबैभन्दा ठूलो परिवार आकार रौतहट र सानो गोरखामा रहेको छ।

देशभर ६.३ प्रतिशत घर खाली देशभर ६.३ प्रतिशत घर खाली नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ १० वर्षभन्दा माथिको जनसंख्यामा ६५.५ प्रतिशत व्यक्ति आर्थिक रुपले सक्रिय १० वर्षभन्दा माथिको जनसंख्यामा ६५.५ प्रतिशत व्यक्ति आर्थिक रुपले सक्रिय देशभर ५१ प्रतिशत परिवार खाना पकाउन प्रयोग गरिरहेका छन् काठदाउरा देशभर ५१ प्रतिशत परिवार खाना पकाउन प्रयोग गरिरहेका छन् काठदाउरा


प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend