काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार देशका कुल परिवारमध्ये ५१ प्रतिशत परिवारले अझै पनि खाना पकाउनका लागि अक्सर काठदाउरा प्रयोग गर्ने गरेको देखिएको छ।
खाना पकाउन अक्सर एलपीग्यास, बिजुली, गुइठा/गोरहा, बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ।
जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको देखिएको थियो।
२.२९ प्रदेशअनुसार हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८२.२ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेका छन्।
बागमती प्रदेशमा एलपी ग्यास प्रयोग गर्ने परिवार सबैभन्दा बढी (६९.८ प्रतिशत) रहेको छ।
१० वर्षभन्दा माथिको जनसंख्यामा ६५.५ प्रतिशत व्यक्ति आर्थिक रुपले सक्रिय देशभर ६.३ प्रतिशत घर खाली नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८