शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फिडीको ६ टन क्षमताको विद्युतीय ट्रक सार्वजनिक

मंगलबार, वैशाख ३० २०८२
फिडीको ६ टन क्षमताको विद्युतीय ट्रक सार्वजनिक

फिडी ट्रकको पेलोड क्षमता ६ टन रहेको छ। ३ सय एमएम ग्रान्ड क्लियरेन्स र २ सय ८० किलोमिटर रेन्ज दिने यो ट्रकमा १००.२७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

काठमाडौं- फिडी ब्रान्डको विद्युतीय ट्रक नेपाली बजारमा सार्वजनिक भएको छ। चिनियाँ कम्पनी फिडीको आधिकारिक बिक्रेता इभरग्रिन इनर्जी एन्ड इनभेस्टमेन्ट प्रालिले ल्याएको ६ टन क्षमताको विद्युतीय ट्रक सोमबार सार्वजनिक भएको हो।

सोमबार भृकुटीमण्डपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल र इभरग्रिन इनर्जी एन्ड इनभेस्टमेन्टका निर्देशक सन्तोष प्रसाईँले फिडीको ६ टन क्षमताको विद्युतीय ट्रक संयुक्तरुपमा सार्वजनिक गरेका हुन्। नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै पेलोड भएको विद्युतीय ट्रक हो। 

नेपालमै उत्पादन भएको विद्युत प्रयोग गरेर चल्ने यस्ता ठूला ट्रकहरुको प्रयोग बढाउँदै लैजानु उपयुक्त भएको भन्दै फिडीको यो ट्रकले उपभोक्ताको आवश्यकता पूरा गर्ने विश्वास ढकालले व्यक्त गरे। विद्युतीय सवारीका लागि चाहिने चार्जर र सर्भिसमा पनि ध्यान दिनुपर्ने सुझाव उनले दिए।

फिडी ट्रकको पेलोड क्षमता ६ टन रहेको छ। ३ सय एमएम ग्रान्ड क्लियरेन्स र २ सय ८० किलोमिटर रेन्ज दिने यो ट्रकमा १००.२७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

feidi.jpeg

अत्याधुनिक विशेषता र सुविधायुक्त यो विद्युतीय ट्रकको बिक्री सुरु भइसकेको छ। कम्पनीले चीनबाट च्यासिस ल्याएर त्यसको बडी भने नेपालमै बनाइरहेको छ। ७५ लाख मूल्य तोकिएको उक्त ट्रकमा १ सय २० किलोवाट पिकपावरको मोटर छ। त्यस्तै यसले १२ हजार आरपीएममा ३ सय २० एनएम टर्क जेनेरेट गर्छ।

यो ट्रकमा भएको ब्याट्री फुल चार्ज गर्न डीसी फास्ट चार्जरबाट १.५ घण्टामात्र लाग्ने कम्पनीले जनाएको छ। यो गाडीमा एयर ब्रेकिङ सिस्टम रहेको छ।

इभरग्रिन इनर्जीले फिडीका ट्रकका साथै विलिङको माइक्रोबस समेत आयात गरेको छ। नेपाली बजारमा करिब दुई दर्जन विद्युतीय भ्यान तथा माइक्रोबस उपलब्ध रहेका छन्।

विद्युतीय भ्यानको गुणस्तर कमजोर हुँदा र आयातकर्ताले पर्याप्त सर्सिस र स्पेयर पार्टस उपलब्ध गराउन नसक्दा गुनासोहरू सुनिन थालेका छन्। तर विलिङको माइक्रोबस ल्याएको इभरग्रिनले चार्जिङ पूर्वाधारसहित सर्भिस र स्पेयर पार्टसको मामिलामा कुनै कमी आउन नदिने दाबी गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend