सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images
जनगणनाको नतिजा

देशभर ६.३ प्रतिशत घर खाली

images
शुक्रबार, चैत १० २०७९
images
देशभर ६.३ प्रतिशत घर खाली

जनगणनाको नतिजाअनुसार ७५ लाख ५२ हजार ६६ घर संरचनामध्ये ४ लाख ७२ हजार ५ सय १६ घर खाली रहेका हुन्। 

images
images

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा ६ दशमलव ३ प्रतिशत घर खाली रहेको पाइएको छ। देशभर रहेका ७५ लाख ५२ हजार ६६ घर संरचनामा खाली घर ६ दशमलव ३ प्रतिशत रहेको हो।

images
images
images

जनगणनाको नतिजाअनुसार ७५ लाख ५२ हजार ६६ घर संरचनामध्ये ४ लाख ७२ हजार ५ सय १६ घर खाली रहेका हुन्। 

images
images

मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन्।

images
images

जनगणनाअनुसार परिवारमा अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो। 

भौगोलिक क्षेत्रअनुसार २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्। 

प्रदेशमा औसत परिवार सदस्य संख्या मधेश प्रदेशमा सबैभन्दा बढी (५.२९ जना) र गण्डकी प्रदेशमा सबैभन्दा कम (३.७२ जना) रहेको देखिन्छ। 

परिवारको आकार सबैभन्दा सानो दोलखा र गोरखा जिल्लामा देखिएको छ, जहाँ एक परिवारमा औसत ३.४९ जना पाइएको छ भने कपिलवस्तु, पर्सा, बारा र रौतहटमा प्रति परिवारमा औसत ५.६० देखि ५.९४ सम्म सदस्यहरु रहेको देखिन्छ। 

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend