बिहीबार , वैशाख २० गते २०८१    
images
images

नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल

images
images
images
नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल
images
images

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडल विजयी भएका छन्। पौडेलले नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का सांसद सुवास नेवाङलाई पराजित गरेका हुन्।

images
images
images

पौडेल ३३ हजार ८ सय २ मतभार पाएर विजयी भएका हुन्। उनले संघीय सांसदको २ सय १४ र प्रदेश सांसदको ३ सय ५२ मत पाए। नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाए। उनले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका हुन्। 

images

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुँदै विजयी भएका हुन्। 

images

संघीय संसदका सांसद र प्रदेश सांसदहरूले मतदान गर्ने व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन भएको हो। संघीय सांसदको एक भोट बराबर ७९ मतभार र प्रदेश सांसदको एक भोट बराबर ४८ मतभार रहेको थियो।

images
images

विसं २००१ असोज २९ गते तनहुँ व्यास नगरपालिका-८ मा जन्मिएका पौडेलेका ४ छोरी र एक छोरा छन्। पौडेल हाल काठमाडौं बोहोराटारमा बस्दै आएका छन्।

president Ram chandra paudel.JPG

पौडेल २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७९ मा सांसद निर्वाचित भएका थिए। तर २०७४ सालमा भने तत्कालीन नेकपा एमालेका किसान कुमार श्रेष्ठसँग पौडेल पराजित भएका थिए।

२०४० सालमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख बनेका पौडेल पार्टीको कार्यवाहक सभापतिसम्म भएका छन्।

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति उठेका पौडेल शेरबहादुर देउवासँग पराजित भएका थिए। उनी २०६२ देखि कांग्रेस महामन्त्री तथा २०६४ देखि २०७२ सम्म पार्टी उपसभापति भएका थिए। साथै उनी २०६४ देखि २०७० सम्म पार्टी संसदीय दलका नेतासमेत भएका थिए। 

पञ्चायत कालमा पटक पटक जेलजीवन बिताएका पौडेल २०५१ सालमा सभामुख भएका थिए। उनी पहिल‍ोपटक २०४८ जेठमा स्थानीय विकासमन्त्री भएका थिए। २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधान तथा सूचना/सञ्चारमन्त्री, तथा स्थानीय विकास मन्त्रीसमेत भएका थिए। साथै उनी गृहमन्त्री, शान्ति तथा पुन:निर्माण मन्त्री तथा शान्ति समितिको संयोजकसमेत भएका थिए। 

संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गरेका पौडेलले एक दर्जनभन्दा बढी पुस्तकसमेत लेखेका छन्। 

images

प्रकाशित : बिहीबार , फागुन २५ २०७९११:०७

प्रतिक्रिया दिनुहोस