आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

विवादमा परेका कृषि विकास बैंकका पूर्वसीईओ उपाध्यायमाथि राष्ट्र बैंक र अर्थ मन्त्रालयले थाल्यो छानबीन

बिहीबार , फागुन २५ २०७९
विवादमा परेका कृषि विकास बैंकका पूर्वसीईओ उपाध्यायमाथि राष्ट्र बैंक र अर्थ मन्त्रालयले थाल्यो छानबीन

काठमाडौं- विवादित बनेका कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायमाथि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले छानबीन थालेको छ।

उपाध्यायले सीईओ हुँदा कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको शेर्पा आउटडुअर्स (केटिएम सिटी ब्राण्डको उत्पादक) लाई ठूलो ऋण प्रवाह गरेर पछि सोही कम्पनीको सीईओ नियुक्त भएका थिए। सोही विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले छानबीन थालेको हो।

शेर्पा आउटडुअर्सको रेटिङ गरेको इक्रा रेटिङले अधिक जोखिम देखाए पनि बैंकका तत्कालीन सीईओ उपाध्यायको दवावमा ८० करोड रूपैयाँ ऋण दिइएको विषय बाहिरिएको थियो।  

कृषि विकास बैंकमा अनिलकुमार उपाध्यायको बदमासी : १ प्रतिशत खुद नाफा निश्चित नभएको कम्पनीलाई ८० करोड ऋण लगानी कृषि विकास बैंकमा अनिलकुमार उपाध्यायको बदमासी : १ प्रतिशत खुद नाफा निश्चित नभएको कम्पनीलाई ८० करोड ऋण लगानी

पछिल्ला चार वर्षमा खुद मुनाफा एक प्रतिशतमात्रै रहेको कम्पनीलाई तीनवटा शीर्षकमा ७९ करोड ३० लाख रूपैयाँ ऋण प्रवाह गरिएको थियो। शेर्पा आउटडुअर्सअन्तर्गतका दुईवटा कम्पनीलाई बैंकको ठमेल शाखाबाट ऋण प्रवाह भएको थियो। 

कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय

८० करोड ऋण दिएर सोही कम्पनीको सीईओ बनेका थिए। शेर्पा आउटडुअर्सलाई ठूलो ऋण प्रवाह गरेर त्यसैको सीईओ हुन पुगेका उपाध्याय बिजनेस न्युजमा यस विषयमा समाचार प्रकाशन भएपछि शेर्पा आउटडुअर्सबाट बाहिरिसकेका छन्। 

कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा

नेपाल राष्ट्र बैंकले ऋण प्रवाहको विषयमा छानबीन थालेको छ भने अर्थ मन्त्रालयले पछिल्लो चार वर्षमा कृषि विकास बैंकलाई खराब सूचकको भारी बोकाएको विषयमा छानबीन थालेको हो। 

कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा

 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend