आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा

आफ्नो स्वार्थमा ८० करोड ऋण दिलाएका अनिल उपाध्यायले केटीएम सिटी छाडे

आइतबार, फागुन १४ २०७९
कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा

काठमाडौं- कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुँदा आफूले ऋण दिलाएकै कम्पनीमा गएर सीईओ बनेका अनिलकुमार उपाध्यायले एक महिनामै केटीएम सिटी छाडेका छन्। 

आफू सीईओ हुँदा ७९ करोड ३० लाख रूपैयाँ ऋण दिएको कम्पनीमा गएर प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको विषय बाहिरिएर विवादित बनेपछि उपाध्यायले उक्त कम्पनीबाट राजीनामा दिएका छन्। 

WhatsApp Image 2023-02-26 at 21.07.11 (1).jpeg

शेर्पा आउटडुअर्स (केटीएम सिटी ब्राण्डको उत्पादक) नामको कम्पनीका लागि विभिन्न शीर्षकमा उक्त रकम ऋण दिलाएका उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएलगत्तै सोही कम्पनीमा सीईओ बन्न पुगेका थिए। सीईओ बनेको समाचार बिजनेस न्युजले खुलासा गरेको थियो। उनले करिब एक महिनामै  राजीनामा दिएका छन्। 

कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय

कृषि विकास बैंक स्रोतले दिएको जानकारीअनुसार शेर्पा आउटडुअर्सअन्तर्गतका दुईवटा कम्पनीलाई बैंकको ठमेल शाखाबाट ऋण प्रवाह भएको थियो। शेर्पा आउटडुअर्स प्रालिका लागि व्यावसायिक ऋण १८ करोड ८० लाख रूपैयाँ दिइएको छ।

यसैगरी शेर्पा आउटडुअर्स स्पोर्टस गुड्स इन्डस्ट्रिजका लागि व्यावसायिक ऋण ९ करोड ६० लाख रूपैयाँ र यसै कम्पनीका लागि आवधिक कर्जा ५२ करोड ९० लाख रूपैयाँ दिइएको थियो। 

कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा

यसमा सिधै स्वार्थ देखिनेगरी पहिले आफैँ ऋण दिने र पछि त्यही कम्पनीमा जागिर खान गएका थिए।

शेर्पा आउटडुअरका सञ्चालक निमा शेर्पाले ६ जनवरी १९९४ मा दर्ता गरेको यो कम्पनीले काठमाडौं उपत्यका र बाहिर आफ्नो बिक्री केन्द्र खोलेर गार्मेन्टजन्य उत्पादन बिक्री गर्दै आएको छ। यसले भारत तथा क्यानडामा समेत आउटलेट खोलेर तयारी पोशाकको बिक्री गर्दै आएको छ।


प्रकाशित : आइतबार, फागुन १४ २०७९१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend