काठमाडौं- ६ महिनाको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये सबैभन्दा खराब वित्तीय सूचक कृषि विकास बैंकको रहेको छ।
जसमा सबैभन्दा दोषी तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायको रहेको देखिन्छ। उनले चारवर्षे कार्यकालमा आफूखुसी एकछत्र ऋण लगानी गर्ने तर असुलीमा चासो नदिँदा बैंकमै समस्या देखिएको छ।
निवर्तमान सीईओ उपाध्याय आफू सीईओ हुँदा ७९ करोड ३० लाख रूपैयाँ ऋण दिएको कम्पनीमा गएर प्रमुख कार्यकारी अधिकृतको नियुक्ति लिएका छन्।
शेर्पा आउटडुअर्स (केटीएम सिटी ब्राण्डको उत्पादक) नामको कम्पनीका लागि विभिन्न शीर्षकमा उक्त रकम ऋण दिलाएका उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएलगत्तै सोही कम्पनीमा सीईओ बन्न पुगेका हुन्।
कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय
कृषि विकास बैंक स्रोतका अनुसार यस्तो ऋण लगानी धेरै ठाउँमा गरेका छन्। जसका कारण बैंकलाई नै धरासायी बनाउने काम गरेका हुन। केही दिनअगाडि मात्रै नयाँ सीईओ नियुक्त भएका गोविन्द गुरुङमाथि पुरानो सीईओले थोपरेको भारी पर्ने निश्चित छ।
कृषि विकास बैंकको पछिल्लो ६ महिनामा मूख्य सूचक अधिकांश ऋणात्मक देखिएको छ। पाँच वर्ष अगाडिसम्म आकर्षक सुधार गरेको बैंकको चारवर्ष देखिको असर अहिले ६ महिनामा निराशाजनक सूचक देखिएको छ। गत वर्ष यही अवधिसम्म १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष वित्तीय विवरणअनुसार १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ। कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ। याे पाँच वर्ष अगाडिकै अवस्थामै पुगेकाे छ।
पाँच वर्ष अगाडि आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४४ करोड २३ लाख खुद नाफा गरेको थियो। अहिले भने बैंकनै घाटामा गएकाे छ। आर्थिक वर्ष २०७३/७४ मा बैंकको खुद नाफा २९७ करोड ३३ लाख रहेको थियो। ४६ करोड ९० लाख अर्थात् १५.७८ प्रतिशतले नाफा वृद्धि गरेको थियो। आर्थिक वर्ष २०७३/७४ मा निष्कृय कर्जा ४.६० प्रतिशत रहेको थियो। २०७४/७५ मा निष्कृय कर्जा ३.४१ प्रतिशत झरेको थियो। अहिले पुनः सीइओ उपाध्यायले छाडेर जाँदै गर्दा पुन ४.५२ प्रतिशत पुगेको छ।
खराब कर्जा बढ्दा बैंकहरूले यसका लागि राखिने जोखिम प्रावधान बढ्छ र नाफामा असर पर्छ। यस्तो कर्जा पाँच प्रतिशत पुगेमा राष्ट्र बैंकले नै व्यवस्थापन सम्हाल्न समेत सक्नेछ। यो अनुपात कृषि विकास बैंकको सबैभन्दा धेरै रहेको छ।
कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो। बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागु भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।
नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत सेयर सरकार र ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ। संस्थापक सेयरधनीका रुपमा सरकारको ६ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको ६ अर्ब ४६ करोड २० लाख बराबर सेयर छ।
१२ करोड घाटा हुँदा प्रतिसेयर आम्दानी ऋणात्मक
वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकलाई ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ।
सीडी रेसियो ८७.५४ प्रतिशत रहेको बैंकको आधार दर ११.०६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र तरलता अनुपात २४.१० प्रतिशत रहेको छ।
खराब कर्जा बढ्दै जाँदा के हुन्छ?
कृषि विकास बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ। बढ्दै गएर आर्थिक वर्षको अन्त्यसम्म पनि सुधार नगरी ५ प्रतिशतबाट उकालो लाग्यो भने केन्द्रिय बैंकले हस्तक्षेप गर्नेछ।
खराब कर्जा बढेपछि सिधै नाफामा असर गर्नेछ। ग्राहकहरूलाई ऋण दिएका हुन्छन् र ऋणीले ऋण फिर्ता नगर्ने जोखिम पनि हुन्छ। जसको ऋण निष्क्रिय भएको भनिन्छ। जब बैंकले ऋणीकर्ताले भुक्तानी गर्न असम्भव छ भनेर वा ऋणीकर्ताले भुक्तानी गर्न ९० दिन ढिलो भएमा ऋण निष्क्रिय हुन्छ।
निष्क्रिय कर्जा (एनपीएल) ले बैंकहरूको आम्दानी घटाउँछ र घाटा निम्त्याउँछ, जसले तिनीहरूको सुदृढतामा असर गर्छ। उच्च स्तरको निष्क्रिय कर्जा भएका बैंकहरूले घरपरिवार र कम्पनीहरूलाई ऋण दिन असमर्थ छन्। यो समग्र अर्थतन्त्रका लागि हानिकारक हुने गर्दछ।
प्रत्येक बैंकले आफ्नो ऋणमा घाटाको लागि तयारी गर्दछन्। बैंकले क्रेडिट जोखिमलाई सुधार गर्न, बैंकले ऋणमा अपेक्षित भविष्यको नोक्सानको अनुमान गर्दछ र सम्बन्धित प्रोभिजन बुक गर्दछन्। प्रोभिजन बुक गर्नुको अर्थ बैंकले समय अगावै ऋणमा भएको नोक्सानीलाई पहिचान गर्दछन्।
बैंकहरूले घाटाको सुधार गर्न अन्त्य गर्न आफ्नो पुँजी प्रयोग गर्दछन्। प्रोभिजन बुक गर्दा बैंकले घाटा लिन्छ र त्यसैले ग्राहकबाट संकलन गर्न नसक्ने रकमले आफ्नो पुँजी घटाउँछ।बैंकहरूले पूर्ण मूल्यको लागि प्रोभिजन बुक गर्नुपर्दैन। किनभने उनीहरूले अझै पनि ग्राहकबाट केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्। बैंकहरूले पनि सम्पत्ति बेचेर ऋण उठाउने गर्दछन्।