बुधबार, वैशाख १९ गते २०८१    
images
images

कृषि विकास बैंकमा अनिलकुमार उपाध्यायको बदमासी : १ प्रतिशत खुद नाफा निश्चित नभएको कम्पनीलाई ८० करोड ऋण लगानी

images
images
images
कृषि विकास बैंकमा अनिलकुमार उपाध्यायको बदमासी : १ प्रतिशत खुद नाफा निश्चित नभएको कम्पनीलाई ८० करोड ऋण लगानी

गतल नियतका साथ ऋण प्रवाह गरेर सार्वजनिक बैंकलाई जोखिममा धकेल्ने काम उनले गरेको प्रष्ट छ। 

images
images

काठमाडौं- कृषि विकास बैंकले कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको शेर्पा आउटडुअर्स (केटिएम सिटी ब्राण्डको उत्पादक)लाई ठूलो ऋण प्रवाह गरेको खुलेको छ। शेर्पा आउटडुअर्सको रेटिङ गरेको इक्रा रेटिङले अधिक जोखिम देखाए पनि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको दबाबमा ८० करोड रूपैयाँ ऋण दिइएको हो। 

images
images
images

पछिल्ला चार वर्षमा खुद मुनाफा १ प्रतिशत मात्रै रहेको कम्पनीलाई तीनवटा शीर्षकमा ७९ करोड ३० लाख रूपैयाँ ऋण प्रवाह गरिएको छ।  शेर्पा आउटडुअर्सअन्तर्गतका दुईवटा कम्पनीलाई बैंकको ठमेल शाखाबाट ऋण प्रवाह भएको हो। शेर्पा आउटडुअर्स प्रालिका लागि व्यावसायिक ऋण १८ करोड ८० लाख रूपैयाँ दिइएको छ। यसैगरी, शेर्पा आउटडुअर्स स्पोर्टस् गुड्स इन्डस्ट्रिजका लागि व्यावसायिक ऋण ९ करोड ६० लाख रूपैयाँ र यसै कम्पनीका लागि आवधिक कर्जा ५२ करोड ९० लाख रूपैयाँ दिइएको छ।

images

कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय

images

शेर्पा आउटडुअर्सलाई ठूलो ऋण प्रवाह गरेर त्यसैको सीईओ हुन पुगेका उपाध्याय बिजनेस न्यूजमा यस विषयमा समाचार प्रकाशन भएपछि शेर्पा आउटडुअर्सबाट बाहिरिसकेका छन्। कमजोर तरलता स्रोतका कारण कम्पनीको वित्तीय अवस्था कमजोर र अस्थिर (भोलाटाइल) रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। कम्पनीले १ अर्ब ५० करोड रूपैयाँको ऋणको रेटिङ गराएकोमा ‘रेटिङ इक्राएनपि एलबि प्लस’ रेटिङ पाएको थियो। 

images
images

उच्च प्रतिस्पर्धा र अस्थिर बजारका कारण कम्पनीको अवस्था स्थिर नरहेको र जोखिम उच्च रहेको रिपोर्टमा जनाइएको छ। झापामा २ अर्ब २७ करोड रूपैयाँ लगानीमा नयाँ प्लान्ट सञ्चालन गर्न लागेको कम्पनीको जग्गा खरिदलगायत प्रारम्भिक तयारीमा धेरै खर्च रहेको पनि रेटिङ रिपोर्टमा जनाइएको छ। 

नेपाल स्काउट र अखिल नेपाल फुटबल संघ (एन्फा)सँग कम्पनीले आवश्यक पोशाक उपलब्ध गराउने सम्झौता गरेको छ। स्काउट तथा एन्फाले  सम्झौता भंग गर्नेवित्तिकै शेर्पा आउटडुअर्सको सम्भावित आम्दानीको परिणाम उल्टिने र वित्तीय अवस्था जोखिमपूर्ण हुने चेतावनी रिपोर्टमा दिइएको छ। 

यो कम्पनीले नेपाल स्काउटसँग २० वर्षका आधिकारिक आपूर्ताको सम्झौता गरेको उल्लेख गरेको छ। तर यसबाट हुने आम्दानी उल्लेखनीय देखिँदैन। नेपाल स्काउट आफैमा ठूलो ग्राहक होइन स्काउटका सदस्यहरू आफै किट खरिद गर्न स्वतन्त्र हुन्छन्। स्काउटको एकद्वार प्रणाली नभएकाले यसको आम्दानी दीगो र उल्लेखनीय छैन। 

अहिलेको सञ्चालन सानो स्केलमा रहेको र भविष्यमा सञ्चालन हुने ठूलो परियोजना र त्यसका लागि लिइने ऋणको सवाँ ब्याज भुक्तानी चुनौतिपूर्ण देखिएको भन्दै रेटिङमै चेतावनी दिइएको थियो। 

गम्भीर चेतावनीका बाबजुद कृषि विकास बैंकले ऋण प्रवाह गरेको थियो। 

कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा

'वित्तीय अवस्था कमजोर रहेको कम्पनीमा उच्च ऋण लगानी गर्नु र कृषि विकास बैंकबाट अवकाश पाउनेबित्तिकै तत्कालीन् सिईओ शेर्पा आउटडुअर्समा प्रमुख कार्यकारी हुन पुग्नुले केही न केही गलत निर्णय भएको देखाएको छ,' बैंक सम्बद्ध जानकारहरू भन्छन्, 'यो सिधै स्वार्थको द्वन्द्वमा भएको काम हो। कृषि विकास बैंकको ठुलो रकम डुब्ने जोखिम देखिएको छ।'

कमजोर अवस्था जान्दा जान्दै गार्मेन्ट उद्योगमा लगानी गरेर उपाध्याय आफै त्यही कम्पनीमा सीईओ हुन पुगेका थिए। गतल नियतका साथ ऋण प्रवाह गरेर सार्वजनिक बैंकलाई जोखिममा धकेल्ने काम उनले गरेको प्रष्ट छ। 

कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा

 

 

images

प्रकाशित : बिहीबार , फागुन १८ २०७९११:१०

प्रतिक्रिया दिनुहोस